माओवादीले सहमतीय सरकारमा पुरानै मन्त्रीहरुलाई दोहोर्‍याउने

२२ बैशाख २०६९, शुक्रबार १९:२५ मा प्रकाशित

काठमाडौं, २३ वैशाख । माओवादीले तत्कालका बन्ने सहमतीय सरकारमा सहभागी हुनका लागि पाँच मन्त्रीको नाम सिफारिस गरेको छ ।
दलबीच भएको पाँचबुँदे सहमति खारेज गर्न माग गर्दै सरकारमा सहभागी नहुने जनाए पछी पाँच अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा शुक्रबार अनौपचारिक स्थायी समिति बैठकले छोटो अवधिका लागि नयाँ मन्त्री पठाउनु अनुपयुक्त हुने भन्दै यस्तो निर्णय लिएको हो  ।  बैद्य पक्षसँग छलफल गरेर मन्त्रीको नाम पठाउन स्थायी समितिले अध्यक्ष दाहाललाई जिम्मेवारी दिएको छ । स्थायी समिति बैठकमा बैद्य पक्ष भने अनुपस्थित रहेको थियो ।
कुन दलले कति र कुन, कुन मन्त्रालय पाउने भन्ने बारेमा कांग्रेस, एमाले लगायतका दलहरुसँगको छलफल पछि टुङगाउने नेता महराले बताए ।
वैद्य समुहले भने अन्तरिम संविधानको धारा ३८ (२) अन्तर्गतकै वर्तमान सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ