संविधानमा नै निर्वाचनको समय तोकियोस् : उप्रेती

११ बैशाख २०७१, बिहीबार १३:४० मा प्रकाशित

चितवन, ११ वैशाख । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले एकै व्यक्ति दुई क्षेत्रमा उम्मेदवार हुनु उपयुक्त नभएको बताएका छन् ।
भरतपुरमा आज (बिहीबार) पत्रकारसँग कुरा गर्दै उनले त्यसबारे प्राविधिक रुपमा ठीक नहुने राय आयोगले दिएको भए पनि राजनीतिक दलले नमानेको बताए ।
एकै व्यक्ति दुई क्षेत्रमा उम्मेदवार हुँदा संविधानसभाले समयमा पूर्णता नपाउने र खर्चिलो हुने उनले बताए ।
‘एउटा क्षेत्रको निर्वाचन गर्न एक करोड खर्च हुन्छ,’ प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने, ‘चार महिनाभन्दा बढी भयो संविधानसभा अधूरै हुन्छ ।’ चार निर्वाचन क्षेत्रमा उपनिर्वाचन आगमी असार ८ गते हुँदैछ ।
स्थानीय निकायको निर्वाचन सरकारले मिति तोकेको तीन महिनाभित्र आयोगले गर्न सक्ने उनको भनाइ थियो । उनले चार चरणमा निर्वाचन गर्नुपर्ने राय आयोगको रहेको बताए । ‘आउँदा दिनमा संविधानमा नै निर्वाचनको समय तोकियोस्,’ उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

आजको प्रमुख समाचार