‘जिम्मेवारी पूरा गर्न अनुकूल वातावरण सिर्जना गर्नु पर्छ’

११ बैशाख २०७१, बिहीबार १३:११ मा प्रकाशित


काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न अनुकूल वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । उनले वर्तमान सरकार मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गरी विकासको गतिलाई तीव्रता दिन अग्रसर रहेको बताए ।
लोकतन्त्र दिवस २०७१ का अवसरमा आज (बिहीबार) शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको स्थापना, पुनःस्थापना र संस्थागत विकासका लागि नेपाली जनताले सात दशकभन्दा बढी लामो समयदेखि गरेको अथक संघर्ष र बलिदानबाट नेपालले महत्वपूर्ण उपलब्धीहरू हासिल गरेको बताए ।
सन्देशमा प्रधानमन्त्रीले नेपाल अहिले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, मानवअधिकार, सामाजिक न्यायपूर्ण, समावेशी, समानुपातिक र सहभागितामूलक शासन प्रणालीसहितका महत्वपूर्ण उपलब्धीलाई संस्थागत गर्ने ऐतिहासिक चरणमा आइपुगेको उल्लेख गरे । ‘अब बन्ने संविधानमा नेपाल र नेपालीको भाग्य सुनिश्चित गर्ने ऐतिहासिक जिम्मेवारी दोस्रो संविधानसभाको निर्वाचनले सुम्पिएको छ’, उनले भने ।
सविधान लेखनको ऐतिहासिक जिम्मेवारी पूरा गर्न सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकले निर्वाचित गरेका राजनीतिक दलका प्रतिनिधिबीच एक वर्षभित्र संघीयता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधान जारी गर्ने उनले दोहराए ।
संविधान जारी हुने समयसम्म धैर्य गरी आजसम्म नेपाली जनताले गरेको संघर्षबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्ने अवसर प्रदान गर्नु हुन प्रधानमन्त्री कोइरालाले सबैसँग अनुरोध गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार