अनुदान नदिँदा बिरामीका लागि रासनको समस्या

११ बैशाख २०७१, बिहीबार ११:१५ मा प्रकाशित


गोरखा, ११ वैशाख । सरकारले अनुदान नदिँदा जिल्ला अस्पताल गोरखामा बिरामीका लागि रासनको समस्या भएको छ । अनुदानकै कारण चिकित्सकहरुले समेत तलब पाउन सकेका छैनन् ।
विगत चार महिनादेखि सरकारले दिने नियमित अनुदान रोकिँदा जिल्ला अस्पतालमा रहेका कर्मचारीले तलबसमेत खान पाएका छैन ।
जिल्ला अस्पतालमा भएका बिरामीका लागि मासिक रुपमा झन्डै डेढ लाखभन्दा बढीको रासन लाग्ने अस्पताल स्रोतले जनाएको छ ।
बिरामीका लागि आवश्यक पर्ने रासन अहिलेसम्म उधारोमा नै ल्याइराखिएको र अब भने पसलेले उधारोसमेत दिन छाडेको अस्पतालका प्रमुख केशवराज भुर्तेलले बताए ।
सरकारले रकम उपलब्ध नगराउँदा अस्पतालले सञ्चालन गर्दै आएको आमा सुरक्षा कार्यक्रमसमेत रोकिएको छ । राम्रो विशेषज्ञ सेवाका कारण गोरखा अस्पतालमा अहिले सुत्केरी गराउने महिलाको संख्यामा वृद्धि भएको छ ।
आमा सुरक्षा कार्यक्रम रोकिएपछि बच्चा र सुत्केरी आमाका लागि दिइने सेवा सुविधासमेत दिन समस्या परेको अस्पताल प्रमुख भुर्तेलले बताए ।
अहिले बिरामीले खानाको प्रबन्ध आफँैले मिलाउनु परेको छ । अस्पताल ५० श्ययाको भएपछि विभागले नियमित अनुदान नदिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,