‘हैजाले लैजा’ भन्दा गृहमन्त्री समस्यामा

११ बैशाख २०७१, बिहीबार ०७:४० मा प्रकाशित

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी पाएपछि जुनसुकै कार्यक्रममा हसिमजाक गर्ने एमाले महाधिवेशनको सन्दर्भमा हसिमजाक गर्दा कार्यकर्ताको ताली पाउँदै आएका उपप्रधानमन्त्री गौतमले व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा भने नराम्रो खप्पी खानुपर्‍यो ।

बुधबार बसेको समितिको पहिलो बैठकमा पदेन सदस्यको हैसियतमा उपस्थित भएका गौतमले आफ्नो भनाई राख्ने क्रममा फुटपाथ व्यापारीको प्रसंग निकाल्दै हसिमजाक गरेको छ । गृहमन्त्री भएलगत्तै प्रशासनले गैरकानुनी ढंगबाट सञ्चालित फुटपाथका व्यापारी हटाएपछि व्यापारीहले आफूविरुद्ध नारा लगाएको भन्दै मजाक गरेका थिए । वामदेव गौतमको शैली संसदीय समितिमा भने निकै महँगो सावित भएको छ ।

‘फुटपाथका व्यापारीले मेरा विरुद्धमा यसपालीको हैजा गृहमन्त्रीलाई लैजा भने तर यथार्थमा यसपालिको हैजा गृहमन्त्री होइन, स्थानीय विकासमन्त्रीलाई लैजा भन्नुपथ्र्यो,’ बैठकमा गौतमको भनाई थियो । यो भनाइलगत्तै बैठकमा कांग्रेस सभासद् अर्जुन जोशीले गैरसंसदीय भाषाको प्रयोग भएको भन्दै आपत्ति जनाएका थिए ।

उनका आपत्तिलगत्तै गौतमले संसदीय मर्यादावारे आफू जानकार भएको र यथार्थ जानकारी गराउन मात्र भनेको भन्दै आफ्नो भनाई सच्याएका थिए । आफ्ना भनाई ठट्टयौली पारामा राख्ने क्रममा गौतमले सो भाषा प्रयोग गरेका थिए । पार्टी कार्यकर्ताबीच व्यंग गर्न माहिर देखिएका गौतम संसदीय समितिमा पनि हसिमजाकको भाषा प्रयोग गर्दा फस्न पुगेका हुन् ।

गौतमले भनाई सच्याएपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले यदी उपप्रधानमन्त्रीको भनाई गैरसंसदीय रहेमा रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएका छन् । व्यवस्थापिका संसदअन्तर्गत गठित राज्यव्यवस्था समितिको पहिलो बैठकमा नै रेकर्ड हटाउन दिएपछि गौतम स्वयंले हसिमजाक पनि महँगो बनेको टिप्पणी सभासद्बीच गरेका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा