सहमतिको सरकार बनाउन प्रधानमन्त्री निवासमा बैठक सुरु

२२ बैशाख २०६९, शुक्रबार १९:१४ मा प्रकाशित

काठमाडौं, २२ वैशाख । बिहिबार भएको पाँच बुँदे सहमति अनुसार राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा मधेसी मोर्चा सहित प्रमुख तीन दलको बैठक सुरु भएको छ । बैठकमा माओवादीका तर्फबाट प्रधानमन्त्री बाबुराम भट्टराई र पार्टी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित छन् । कङ्ग्रेसबाट सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला, संसदीय दलका नेता रामचन्द्र पौडेल सहभागी छन्। एमाले बाट एमाले नेता माधवकुमार नेपाल र महासचिब ईश्वर पोखरेल सहभागी रहेका छन् ।  मधेसी मोर्चा सहित प्रमुख तीन दलबीच शुक्रबार भएको पाँच बुँदे सहमतिमा दुई दिनभित्र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र तीन दिनभित्र संविधान निर्माणका बाँकी विवादहरु समाधान गर्ने र समाधान हुन बाँकी विषयलाई प्रक्रियामा लैजाने सहमति भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा