मुख्य न्यायाधीश आचार्यले राजीनामा दिए

१० बैशाख २०७१, बुधबार १६:४५ मा प्रकाशित


काठमाडौं, १० वैशाख । पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश एकराज आचार्यले पदबाट राजीनामा दिएका छन् ।
न्यायपरिषदले सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसप्रति असन्तुष्टि जनाउँदै आचार्यले राजीनामा दिएका हुन् ।
मुख्य न्यायाधीश आचार्यले आजै (बुधबार) बाट लागू हुने गरेर प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई राजीनामा बुझाएका हुन् । आचार्य पुनरावेदन अदालत जुम्लामा काजमा खट्टिएका थिए ।
न्यायपरिषदले मंगलबार सर्वोच्चमा रिक्त रहेको स्थायी न्यायाधीशमा नियुक्तिका लागि ८ नाम सिफारिस गरेको थियो । सिफारिससँगै न्यायक्षेत्रमा असन्तुष्टि बढ्दै आएको छ ।
न्यायपरिषदले वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीश शर्मा पौडेलको नाम सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा सिफारिस गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार