तरुण दलमा सदस्यहरुबाटै अध्यक्षको राजीनामा माग

१० बैशाख २०७१, बुधबार १५:४८ मा प्रकाशित

काठमाडौं, १० वैशाख । कांग्रेस निकट नेपाल तरुण दलका केन्द्रीय सदस्यहरुले संगठनलाई कमजोर बनाएको आरोपमा अध्यक्ष उदय शमशेर राणाको राजीनामा माग गरेका छन् ।
काठमाडौंमा आज (बुधवार) पत्रकार सम्मेलन गरेर अधिकांश सदस्यहरुले अध्यक्ष राणाले पदबाट राजीनामा नदिए बर्खास्त गर्ने चेतावनी दिए ।
राजीनामा माग गर्नेहरुमा रमेशप्रसाद खरेल, राम रोकाय, टेकराज पौडेल, जीवन डंगोल, दिनेश राई, विनोद पन्त, नवराज श्रेष्ठ, दामोदर लम्साल, सविता सिल्वाल, उद्धव कोइराला, सुवोध प्रधान, गोविन्द रानाभाट, कमल पराजुली, लक्ष्मी खतिवडा, नृप सुनवार, सरिता केसी, नवल किशोर यादव, मुकेश गुप्ता, नारायण भट्टराई, गणेश भट्ट लगायतका केन्द्रीय सदस्य रहेका छन् ।
केन्द्रीय सदस्य रमेशप्रसाद खरेलले अध्यक्ष राणा सभासद भए पछि संगठनको काममा ध्यान नदिएको आरोप लगाए । संगठनको प्रभावकारिता कमजोर बनेको भन्दै उनले आठ महिनासम्म केन्द्रीय समितिको बैठक नबोलाई समस्या उत्पन्न गरेको उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा