पाँच बुँदे सहमति प्रति बैद्य समुहको आपत्ति

२२ बैशाख २०६९, शुक्रबार १९:०६ मा प्रकाशित

काठमाडौं, २२ वैशाख । माओवादीका वरिष्ठ उपाध्यक्ष मोहान बैद्य र महासचिव रामबहादुर थापाले बिहीबार दलहरुबीच भएको पाँच बुँदे सहमतिप्रति असहमति जनाउदै बर्तमान सरकारमा सहभागी नहुने बताएका छन् ।
उपाध्यक्ष बैद्य र थापाले शुक्रबार संयुक्त विज्ञप्ती जारी गरि पाँच बुँदे सहमतिले राष्ट्रिय सार्वभौम अधिकारको विरुद्धका बाह्य शक्तिकेन्द्रको फुटाऊ र शासन गरको षडयन्त्र अन्तर्निहित रहेको आरोप लगाएका छन् ।
‘हामी सरकारमा सहभागिता हुन नसक्ने कुरा पनि स्वतः स्पष्ट पर्न चाहन्छौ’, विज्ञप्तीमा भनिएको छ, ‘यसप्रकारको सहमति देशमा शान्तिप्रक्रियालाई तार्किक निस्कर्षमा पुरायाउने र जनताको पक्षमा संविधान निर्माण गर्ने प्रक्रियामा साधक नभई बाधक बन्न गएको छ ।’
वैद्य र थापाले देश तथा जनताको हित विपरीत सहभागिताविना सरकार र संविधानबारे गरिएको त्यस प्रकारको सहमतिप्रति बिरोध जनाएका छन् ।
अन्तरिम संविधानको धारा ३८ (१) अनुरुपको राष्ट्रिय सहमतिको सरकारको गठन हुनु अत्यावश्यक रहेको भन्दै विज्ञप्तीमा धारा ३८ (२) कै बहुमतीय सरकारमा सहभागी नहुने जनाईएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय सहमतिको संवैधानिक धरातलविनाको वहुमतीय प्रणालीमा मन्त्रीहरु फेरिएर राष्ट्रिय सहमतिको पगरी गुथाउनु भनेको दुनियाँलाई उल्लु बनाउनु हो ।’
संविधान जारी नहुँदै आम निर्वाचनको कुरा गर्नु र निर्वाचनसम्म पार्टीहरुबीच आलोपालो गरिनुपर्ने मान्यता विपरीत रहेको सो समुहले आरोप लगाएको छ । उनीहरुले अमुक पार्टीको प्रधानमन्त्री रहनुपर्ने निर्णय गरिनुले मुलुकको विद्यमान समस्याको सम्बोधन गर्नु भन्दापनि कसैको प्रधानमन्त्री पद आरक्षण गर्ने जस्तो निर्णय हुन पुगेको जनाएका छन् ।
बैद्य समुहले आफ्नै पार्टीको सरकारमा सहभागी नहुने स्पष्ट पारेपछि प्रधानमन्त्री भट्टराईलाई केही असजिलो हुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७