जापानमा मन्त्रिपरिषदको निर्णय प्रकाशन आरम्भ

१० बैशाख २०७१, बुधबार १२:१५ मा प्रकाशित

टोकियो, १० वैशाख । जापान सरकारले मंगलबार मन्त्रिपरिषद्को १२९ वर्षको इतिहासमा उसले गरेको बैठकको निर्णय सार्वजनिक गर्ने कार्य आरम्भ गरेको छ । जापानमा मन्त्रिपरिषद्को कार्य निकै गोप्य रहने गरेको आरोप लगाइन्छ यो निर्णय यसै आरोप हटाउन पनि आएको हो ।

सरकारका प्रमुख प्रवक्ता योसिहिदे सुगाले पारदर्शीपनामा सुधार गर्न तथा आफूहरूलाई जनताप्रति बढी जिम्मेवार बनाउन मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने निर्णय गरिएको बताए ।

जापानी प्रधानमन्त्री सिन्जो आवेको आधिकारिक वेबसाइटमा मंगलबार अप्रिल १ को बैठकको निर्र्णय राखिएको छ । जापानमा सन् १८८५ मा मन्त्रिपरिषद् स्थापना भएको हो र यसका कारवाहीहरू सार्वजनिक भएको यो पहिलो पटक हो ।

मन्त्रिपरिषद्को निर्णय कतिसम्म व्यापक रूपमा प्रकाशन हुनेछन् र त्यसको विषय तथा प्रक्रिया कहासम्म विस्तृत हुनेछ भन्ने कुरा स्पष्ट भएको छैन ।

गत वर्ष जापानमा गोपनीयताको कानुन अगाडि आएको छ र उक्त कानुन अगाडि आएपछि सरकार प्रेस तथा प्रकाशन अधिकारमा कटौती गर्न चाहन्छ भन्ने देखाएको आरोप लगाइएको थियो । यसै कारण पनि मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको अनुमान गरिएको छ ।

प्रधानमन्त्री आवेले उक्त विधेयक जापानलाई अगाडि बढाउन अति आवश्यक पाइला भएको बताएका थिए ।

जापानका पत्रकार, वकिल, प्राज्ञ तथा अधिकारवादी समूहहरूले उक्त कानुन जापानको दोस्रोयुद्ध पछिको प्रजातन्त्रका लागि ठूलो चुनौती भएको बताएका छन् । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई