पर्सामा खडेरीका कारण खानेपानीको स्रोत सुक्यो

१० बैशाख २०७१, बुधबार १०:११ मा प्रकाशित

पर्सा, १० वैशाख । पर्सा जिल्लाको अति दुर्गम गाविस ठोरीसहित सुर्वणपुर, निर्मलबस्ती र सेढवा गाविसमा खानेपानीको स्रोत सुकेपछि स्थानीयवासी मारमा परेका छन् ।
विशेषगरी धारा (चापाकल) मा पानी आउन छाडेपछि स्थानीय समस्यामा परेका हुन् । गर्मी बढेसँगै धारामा पानी सुकेपछि स्थानीयवासी नजिकैको छिमेकी गाविसबाट पानी ल्याउन बाध्य बनेका छन् ।
पानीको अभाव भएपछि घरमा पालिएका गाईभैँसीलाई समेत पानी खुवाउन समस्या परेको सुवर्णपुरका स्थानीय रोशन खड्काले बताए ।
पानी सुकेपछि खेती बालीमा समेत असर परेको स्थानीय भनाइ छ । हरेक वर्ष सुख्खा मौसममा यस्ता समस्या आफूहरुले झेल्न परेको पनि सो गाविसका स्थानीयले बताएका छन् ।
खानेपानीको वैकल्पिक व्यवस्था नहुँदा दूषितपानी पिउन आफूहरु बाध्य भएको पनि उनीहरुले बताएका छन् ।
चैत र वैशाखको सुख्खा मौसममा आफूहरुलाई खानेपानीको समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । जंगल फँडानी भएका कारण पछिल्लो समयमा सो क्षेत्रमा खानेपानीको स्रोत सुक्ने क्रम बढेको जिल्ला वन कार्यालयका अधिकृत विन्दु मिश्रले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार