अनुमति दिन ढिलाइ गर्दा विद्यार्थी भर्नामा अन्योल

१० बैशाख २०७१, बुधबार १०:३० मा प्रकाशित


परासी, १० वैशाख । जिल्ला शिक्षा कार्यालय नवलपरासीले अनुमति दिन ढिलाइ गर्दा माथिल्लो कक्षामा पास भएर जाने विद्यार्थीलाई भर्ना गर्न अन्योल भएको सामुदायिक विद्यालयले बताएका छन् ।
नयाँ शैक्षिकसत्र शुरु भइसक्दा पनि माग गरिएको माथिल्लो कक्षा अनुमति दिन जिल्ला शिक्षा समितिले ढिलाइ गरेको छ । समितिको निर्णय हुन नसक्दा विद्यार्थीको पठनपाठनमा समेत समस्या भएको प्रधानाध्यापकहरुले बताएका छन् ।
माथिल्लो कक्षा सञ्चालनका लागि ४१ सामुदायिक विद्यालयले अनुमति माग गरेको सहायक शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले बताए ।
कक्षा १, ६ र ९ का लागि क्षेत्रीय शिक्षा निर्देशनालयले स्वीकृति दिनुपर्ने भएकाले फाइल पठाए पनि अनुमति नआएको रेग्मीको भनाइ छ ।
जिल्लामा ७५ उच्च मावि, ६३ मावि, ११५ निमावि र २६१ वटा प्रावि रहेका छन् ।
यसैबीच नियम विपरीत माथिल्लो कक्षा सञ्चालन गरेको भन्दै निजी विद्यालयले माग गरेको १२१ विद्यालयको कक्षा सञ्चालनको अनुमति पनि रोकेको छ ।
शिक्षा कार्यालयले अनुमति रोके पनि नवलपरासीका अधिकांश निजी विद्यालयले बिना अनुमति माथिल्लो कक्षामा धमाधम विद्यार्थी भर्ना गरिरहेको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण