खिम्ती किन्न सरकार तयार

१० बैशाख २०७१, बुधबार ०६:५३ मा प्रकाशित

काठमाडौं, १० वैशाख । सरकारले ‘गलत हाइड्रोलोजीु देखाएर गरिएको विद्युत खरिद सम्झौता (पिपिए) पुनरावलोकन गर्न आनाकानी गर्ने हिमाल पावर लिमिटेडबाट खिम्ती जलविद्युत आयोजना आफैं किन्ने तयारी गरेको छ।

हिउँदमा कम पानी बहने प्रतिवेदन (गलत हाइड्रोलोजी) बनाएर हिमाल पावरसँग अमेरिकी डलरमा पिपिए गराउने तत्कालीन निर्णयकर्तासमेत कारबाहीमा तान्ने सरकारको तयारी छ।

ऊर्जा मन्त्रालयका अनुसार विद्युत प्राधिकरणलाई अर्बौ घाटा गराउने गलत पिपिए पुनरावलोकनका लागि तीनपटक पत्राचार गरिए पनि हिमाल पावरले अटेर गर्दै आएको छ। अब अन्तिमपटक पत्राचार गर्ने र बेवास्ता गरिए आयोजना नै किन्ने गरी आन्तरिक प्रक्रिया सुरु गरिएको मन्त्रालय स्रोतको भनाइ छ।

पिपिएका लागि गलत प्रतिवेदन देखाउने प्रवर्द्धक हिमाल पावर लिमिटेड मात्र दोषी नभएकाले त्यसमा संलग्न तत्कालीन मन्त्री, उच्च सरकारी कर्मचारी र नेपाली एजेन्टमाथि कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

पिपिए गर्दा सरकारमा रहेर गलत प्रतिवेदन स्विकार्ने व्यक्ति तथा कर्मचारीसमेत दोषभागी हुनुपर्ने र उनीहरूमाथि कारबाही हुने ऊर्जामन्त्री राधा ज्ञवालीले बताइन्। ‘प्राधिकरण निरन्तर घाटामा जाने गरी यसरी पैसा तिरिरहन सकिँदैन,’ मन्त्री ज्ञवालीले मंगलबार नागरिकसँग भनिन्, ‘नर्वेजियनको प्रतिनिधि रहेका कुनै नेपालीले राष्ट्रको माया गरेनन्, उनीहरू राष्ट्रवादी भएको भए गलत काम गर्ने थिएनन्।’

त्यतिबेला खिम्ती खोलामा हिउँदमा कम पानी बहने कारण बिजुली पनि कम नै उत्पादन हुने प्रतिवेदन देखाएर त्यही आधारमा पिपिए गरिएको थियो। हिउँदमा सम्झौताभन्दा बढी बिजुली उत्पादन भए डेडी महसुल तिर्ने पनि सम्झौतामा उल्लेख थियो।

खिम्ती आयोजनाबाट उत्पादन सुरु भएपछि कम्पनीले हिउँदमा सम्झौताभन्दा बढी बिजुली उत्पादन गर्दै आएको छ, जसमा प्राधिकरणले बढी बिजुलीको डेडी रकम तिर्दै आएको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न