सञ्चार दूतावासको लगानी क्षेत्र होइन : सञ्चारमन्त्री

१० बैशाख २०७१, बुधबार ०६:४१ मा प्रकाशित

काठमाडौ, १० वैशाख । सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले मुलुकको सञ्चार क्षेत्र विदेशी दूतावासले लगानी गर्ने क्षेत्रभित्र नपर्ने बताएका छन् । मन्त्री रिजालले कुनै पनि दूतावासले मिडियामा सीधै लगानी गर्न नमिल्ने धारणा राखेका हुन् ।

‘म पछिल्लो बहससँग सम्बन्धित रहेर नभई समग्रतामा भन्न चाहन्छु, दूतावासहरूका लागि लगानी गर्ने क्षेत्र सूचना प्रसारण र सञ्चार होइन,’ उनले भने । उनले मिडियामा विदेशी मुलुकको प्रत्यक्ष लगानीरसहयोग मान्य नभए पनि विदेशी व्यापारिक लगानीका लागि चाहिँ फलामे ढोका राख्नुपर्छ भन्नेमा आफू नरहेको बताए । तर, यसबारे स्पष्ट नीति आवश्यक रहेको र सरोकारवालाहरूसँगको छलफलका लागि आफू तयार रहेको उनले जनाए ।

मन्त्री रिजालले आफ्नो दुई महिनाको अनुभवमा सञ्चार क्षेत्र नीतिबिनै चलिरहेको पाएको सुनाए । ‘यस क्षेत्रको समृद्धिका लागि सूचना र प्रसारण नीति ल्याउन आवश्यक छ,’ उनले भने, ‘सरोकारवाला सबै पक्षसँग छलफल गरेर नै नीति बनाउने योजनामा छु ।’

मन्त्री रिजालले दूरसञ्चार प्राधिकरण नेतृत्वविहीन भएका कारण राष्ट्रलाई ठूलो क्षति पुगेको समेत बताएका थिए । प्राधिकरण अध्यक्षमा पहिलेको नियुक्तिसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनले सम्मानित अदालतबाट छिट्टै न्यायिक निरुपण हुने आशा व्यक्त गरे ।

रिजालले बर्सेनि अर्बौको राजस्व तिर्ने दूरसञ्चार प्राधिकरणलाई जनकपुर चुरोट कारखाना र वायुसेवा निगमको हालतमा पुग्न नदिने पनि बताए । ‘प्राधिकरणले त्यस्तो नियति भोग्नु नपरोस् भन्नेमा म सचेत छु,’ उनले थपे । कान्तिपर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा