राजदुत प्रद्युम्न बिक्रम शाह ब्राजिलको उच्च पदकबाट सम्मानित

१० बैशाख २०७१, बुधबार ०२:१२ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जल्स, क्यालिफोर्निया, १० वैशाख । ब्राजिलस्थित नेपाली राजदुत प्रद्युम्न बिक्रम शाह नेपाल र दक्षिण अमेरिका बिचको सम्बन्ध विस्तार र कुटनीतिज्ञ क्षेत्रमा गरेको प्रसंसनिय कार्यकालागि त्यहाँको उच्च सम्मान “अर्डर अफ द रियो ब्रान्को ग्रयाण्ड अर्डर” बाट सम्मानित भएका छन् । ब्राजिलमै उच्च मानिने यो विभूषणबाट सम्मानित हुने अबशर प्राप्त गर्ने उनि पहिलो नेपाली कुटनीतिज्ञ हुन् । ब्राजिलस्थित नेपाली राजदुत प्रद्युम्न बिक्रम शाहले नेपाल र दक्षिण अमेरिका बिचको सम्बन्ध विस्तार र कुटनीतिज्ञ क्षेत्रमा गरेको प्रसंसनिय कार्यकालागि उनलाई यति ठुलो सम्मान प्रदान गर्न  लागिएको  हो ।  “अर्डर अफ द रियो ब्रान्को ग्रयाण्ड अर्डर”  ब्राजिलमै सबै भन्दा ठुलो र उच्च सम्मान मानिन्छ  । आफुले सम्मान प्राप्त गरेको सूचना लगत्तै www.nepal24hours.comसंग कुरा गर्दै राजदुत शाहले भने, ‘यो सम्मान दक्षिण अमेरिकामा नेपालको कुटनीतिक सफलता हो र ब्राजिलमा नेपालले प्राप्त गरेको उच्च पनि सम्मान हो ।’ नेपाली कुतिनितिक नियोग र कुटनीतिज्ञ अधिकांस देशमा आलोचित हुदै आएको अवस्थामा नेपालका लागि यो सुखद खबर भएको परराष्ट्र स्रोतको टिप्पणी छ । गत चार बर्ष देखि बिरानो महादेशको बिरानो देश ब्राजिलका नेपाली राजदुत प्रद्युम्न बिक्रम शाहले नेपाल र नेपाल प्रबर्दनको हितमा गरेको काम निराशाका बीच एउटा दर्बिलो कुटनीतिक सम्भावना प्रस्तुत गर्न समेत सफल भएको छ । राजदूत शाहले उदयमान विश्व अर्थतन्त्रको शक्ति सम्पन्न दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा दुताबाश स्थापनासंगै जलस्रोत, पर्यटन, कृषि, खेलकुद, रोजगार बजार र पूर्णतया समाप्त भएको नेपाली गार्मेन्ट र गलैचाको ब्यापार प्रबर्दन मात्र गरेका छैनन् दक्षिण अमेरिकी मूलुक चिलीमा ति बस्तु तथा सेवाको ब्यापार विस्तारका लागि आगामी २०१५ को जनवरी देखि लागु हुने गरी सुन्य भन्सार सुबिधा उपलब्ध गराउन समेत सफल भएका छन् । नेपाल लगायत अल्प बिकसित राष्ट्रहरुले ति देशका आफ्ना उत्पादनहरु सुन्य भन्सार सहुलियतमा आगामी २०१५ को जनवरी देखि लागु हुने गरी चिलीको बजारमा प्रवेश पाउने छन् । राजदुत शाहले नेपाली दक्ष श्रमिकहरुकालागी रोजगार बजारको सम्भावना खोज्ने क्रममा पहिलो चरणमा १०० नेपाली केयर गिभरलाई चिलीमा रोजगारी समेत खोजेका छन् । यसै क्रममा पहिलो चरणमा १०० नेपाली केयर गिभरले यसै बर्ष देखि चिलीमा काम गर्ने अवशर पाउने छन् । चिलीमा काम गर्ने अवशर पाउने नेपाली केयर गिभरले आवशीय सुबिधा सहित झन्डै एक हजार अमेरिकी डलर मासिक बेतन पाउने छन् भने काम गरेको चार बर्षमा अमेरिका र युरोपमा जस्तै स्थायी बसोबासको अनुमति समेत पाउने छन् । चिली जस्तै ब्राजिल सहितको दक्षिण अमेरिकी मुलुकहरुमा नेपाली गार्मेन्ट र गलैचाको ब्यापार प्रबर्दनको लागि सुन्य भन्सारको प्रस्ताब अघि बढाएका छन् । अमेरिकामा नेपाली गार्मेन्ट र गलैचाको ब्यापार खस्किएको अवस्थामा चिलीले दिएको सुन्य भन्सारको सुविधाले नेपाली गार्मेन्ट र गलैचाको निर्यात व्यापारमा राहत पाउने अपेक्षा गरिएको छ । आश्चर्य मान्नु पर्दैन नेपाली कुटनीतिज्ञहरु आफ्ना समकक्षी कुटनीतिज्ञहरुसंग समेत संवाद र छलफल गर्न हिच किचाउने प्रशस्त उदाहरण रहेका छन् । तर ब्राजिलस्थित नेपाली राजदुत प्रद्युम्न बिक्रम शाह त्यहाँको तल्लो सदनमा उच्च स्तरको कुटनीतिक दक्षता प्रस्तुत गर्दै राजनीतिक सम्बन्ध बिस्तारको प्रयास स्वरुप ब्राजिल नेपाल संसदीय मैत्री संघ निर्माण गर्न सफल भएका छन् । राजदुत शाहकै प्रयासमा नेपाल भन्ने देश चिनाउन कठिन रहेको विश्व अर्थतन्त्रको शक्ति सम्पन्न दक्षिण अमेरिकी राष्ट्र ब्राजिलको तल्लो सदनको पूर्ण बहुमतले ब्राजिल नेपाल संसदीय मैत्री संघलाई अनुमोदन समेत गरेको छ । राजदुत प्रद्युम्न बिक्रम शाहको अथक प्रयासमा गठन भएको ब्राजिल नेपाल संसदीय मैत्री संघको अध्यक्षमा तल्लो सदनका संसद विल्टन प्राडो रहेका छन् । राजदुत प्रद्युम्न बिक्रम शाह यतिमै चुप लागेर बसेका छैनन् । उनले आफु सम्बद्द परराष्ट्र मन्त्रालयलाई नेपालले ब्राजिलबाट लाभ लिन सक्ने चार ओटा प्रस्तावित समझदारी पत्र समेत पठाएका छन् । राजदूत शाहले पठाएका चार ओटा प्रस्तावित समझदारी पत्रमा उर्जा- बायो इन्धन बिकाश, कृषि तथा सहकारी, विश्व बिद्यालय स्तरको समबन्ध विस्तार, जनशक्ति आदान प्रदान र नेपालको पर्यटकीय शहर पोखरा र ब्राजिलको मनमोहक नमुना पर्यटकीय शहर पराना स्टेट बीच भगिनी सम्बन्ध बिस्तार समेत रहेका छन् । राजदुत प्रद्युम्न बिक्रम शाह यतिमै पनि चुप लागेर बसेका छैनन् । उनले विश्वकै उत्कृष्ट फुटबल खेलाडी रहेको देश ब्राजिलबाट मैत्रीपुर्ण खेलका लागि त्यहाँको राष्ट्रिय फुटबल टीमलाई नेपाल पाठाउने जमर्को गरेका छन् र त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्को जवाफ कुरी रहेका छन् । त्यस्तै नेपाल चिनाउने संसार प्रसिद्द उच्च हिम सृंखला सगरमाथा र ब्राजिलको संसार प्रसिद्द एमाजोन क्षेत्रको तस्बिर उल्लेखित संयुक्त हुलाक टिकट प्रकाशनको लागि सम्बन्धित मन्त्रालयमा प्रस्ताब गरेका छन् । राजदुत प्रद्युम्न बिक्रम शाहले आफ्नो कार्यकालको छोटो अवधिमै नेपालमा ब्राजिलको दुताबास, ब्राजिलमा नेपाली दुताबास स्थापनाका अतिरिक्त नेपाल र ब्राजिल बीच प्राबिधिक सहयोग आदान प्रदान सम्झौता, दुई देश बीच कुटनैतिक तथा अफिसियल प्रयोजनका लागि भिसा आबश्यक नपर्ने सम्झौता र दुई देश बीचको कुटनैतिक सम्बन्ध बिस्तार र निरन्तरताको लागि कुतिनितिक संयन्त्र निर्माण सम्झौता समेत सम्पन्न गरेका छन् । राजदुत प्रद्युम्न बिक्रम शाहका अनुसार यी सम्झौताले ब्राजिलबाट नेपालले लाभ लिने अपार सम्भावनाको ढोका खोलेको छ । राजदुत शाहले भने, ‘ दिपक्षीय सम्झौतासंगै ब्राजिलको पर्यटक नेपाल भित्रिने क्रम उल्लेख्य रुपमा सुरु भैसकेको छ । यसै क्रममा जलस्रोतको क्षेत्रमा ब्राजिलको इन्जीभेस कम्पनीले नेपालको ४०० मेगावाटको तल्लो अरुणमा लगानी प्रतिबद्दता जनाई सम्भाव्यता अध्यन सुरु गरि सकेको छ ।’ यसै क्रमम राजदुत शाहले ब्राजिलको बिश्व विख्यात उर्जा कम्पनि इलेक्ट्रो वाशसंग नेपालको अन्य जल बिद्युत आयोजनामा गर्न सकिने लगानीको सम्भावना बारे प्रारम्भिक छलफल जारी राखेका छन् । यसै क्रममा नेपालका तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई रियो प्लस ट्वान्टीमा ब्राजिल आउदा ब्राजिलको बिश्व विख्यात उर्जा कम्पनि इलेक्ट्रो वाशका अध्यक्षसंग जलस्रोत र उर्जाको क्षेत्रमा दिपक्षीय लगानीको सम्भावना खोज्ने उच्च स्तरिय बैठक समेत आयोजना गर्न राजदुत शाह सफल भएका थिए । राजदुत शाहले राष्ट्रिय स्वाभिमानका लागि विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल नेपाल भएको चिनाउन ब्राजिलको राष्ट्रिय टेलीभिजन युनिटलाई नेपाल पठाएर त्यहाँको प्रसिद्द ग्लोबो टिभीमा धाराबाहिक कार्यक्रम प्रशारण गराउन सफल भएका छन् । राजदुत शाहका अनुसार नेपाल र ब्राजिलको दिपक्षीय प्राबिधिक सहयोग सम्झौता संगै यसको पहिलो बैठक बस्ने बित्तिकै नेपालले उर्जा बिकाश, कृषि, खेलकुद, शैक्षिक र वृत्ति बिकासमा लाभ लिने क्रम तत्कालै सुरु हुने छ । राजदुत शाह भन्नु हुन्छ, ‘सुरु गरिएका सबै दिपक्षीय हितका काम सम्बन्धित मन्त्रलायले समयमा निर्णय गरी दिए नेपालले ब्राजिल र दक्षी अमेरिकी मुलुकहरुबाट जलस्रोत, पर्यटन, कृषि, खेलकुद, रोजगार बजारको लाभ लिन सक्ने थियो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

बेइजिङ् । रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार