चौसठी मासु व्यवसायीलाई इजाजतपत्र वितरण

९ बैशाख २०७१, मंगलवार १८:२३ मा प्रकाशित


जुम्ला, ९ वैशाख । जिल्ला पशुसेवा कार्यालय जुम्लाले बध सञ्चालनका लागि ६४ मासु व्यवसायीलाई इजाजतपत्र वितरण गरेको छ ।
जुम्ला बजारमा जथाभावी खसी, बोका, राँगा, भँैसी र कुखुराको बध गर्ने र जताततै फोहोर गर्ने कार्यलाई व्यवस्थित गर्न तथा कानुनी प्रक्रियाअनुसार व्यवसाय गर्न लगाई करको दायरामा ल्याउन अभियान थालिएको पशु विकास अधिकृत गोविन्द महतले बताए ।
जिल्लाका चन्दननाथ र महत गाविसका मासु व्यवसायीले मात्रै इजाजत लिएका र अन्यलाई मापदण्डभित्र ल्याइने छ । पशु तथा पंक्षीहरुलाई खुला ठाउँमा बध गर्ने तथा अस्वच्छ मासु बिक्री गर्ने व्यवसायीहरुलाई भेटेमा कडा कारबाहीको प्रक्रिया अगाडि बढाइने कार्यालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

आजको प्रमुख समाचार