प्रमुख दलका शीर्ष नेताहरुद्वारा ५ बुँदे सहमतिमा हस्ताक्षर; हाललाई बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार

२२ बैशाख २०६९, शुक्रबार ००:४१ मा प्रकाशित

काठमाडौं, २२ वैशाख । मधेसी मोर्चा सहितको प्रमुख दलका शीर्ष नेताहरुले बिहिबार मध्यरातमा ५ बुदे सहमति गरि उत्पन्न राजनीतिक गतिरोधको निकाश खोज्ने प्रयास गरेका छन् । दिनभर जारी बैठक र पटक पटकको प्रयासपछि प्रमुख दल र मधेसी मोर्चा मध्यरातमा ५ बुँदे सहमति मार्फत गतिरोधमा रहेको संबिधान निर्माण प्रक्रिया टुंग्याउने र राष्ट्रिय सहमितको सरकारको खाका निर्धारण गर्ने मार्ग प्रसस्त गर्ने ५ बुदे सहमति गर्न सफल भएका हुन् । मधेसी मोर्चा सहितको प्रमुख तीन दलका शीर्ष नेताहरुले बिहिबार राति गरेको ५ बुदे सहमति अनुसार चार शीर्ष नेताहरुले हस्ताक्षर गरी तत्काल बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिने छ । सहमति अनुसार दुई दिनभित्र प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनेछ । महियन दिन भित्रै प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान जारी हुनुअघि राजीनामा दिनेछन् र त्यसपछि कङ्ग्रेसको नेतृत्वमा एक वर्ष भित्र चुनाव गर्ने गरी अर्को नयाँ सरकार गठन गरिनेछ । त्यसैगरी संविधान निर्माणमा बाँकी रहेका विवादहरु तीन दिनभित्र सहमति गरी टुङ्गोमा पुर्‍याउने र त्यो नभए संबिधान सभा मार्फत निर्बाचन प्रक्रियामा गई संबिधान निर्माणमा रहेको विवाद टुङ्गोमा पुर्‍याइने सहमति भएको छ। सहमतिको अन्तिम बुँदामा शीर्ष नेताहरुको बैठक नियमित बस्ने उल्लेख गरिएको छ ।

पाँच बुँदे सहमतिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, कङ्ग्रेस सभापति सुशील कोइराला र मधेसी मोर्चाको तर्फबाट विजयकुमार गच्छदारले हस्ताक्षर गरेका छन्।

राजनीतिक दलहरुका बिच भएको सहमति
२०६८ साल कार्तिक १५ गते भएको सात बुंदे सहमति बमोजिम संविधान निर्माण कार्यलाई सम्पन्न गर्न तथा राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरुका बिचमा निम्नलिखित सहमति भएको छ :
१) बर्तमान मन्त्रिपरिषद्का सवै सदस्यहरुले राजीनामा गरिसकेको वर्तमान स्थितिमा दुई दिन भित्र विगतमा भएको सात बुँदे सहमति बमोजिम प्रधानमन्त्री डा. बावुराम भट्टराईको नेतृत्वमा सहमतिको नयाँ सरकार गठन गरिने छ।
२) संविधान निर्माणका क्रममा देखिएका राज्यको पुनःसंरचना, शासकीय स्वरुप लगायतका सवै विषयहरुलाई तीन दिन भित्र सहमतिमा टुंग्याईने छ। सहमति हुन नसकेका विषयहरुलाई प्रक्रियाबाट निर्णयमा लगिने छ।
३) २०६९ साल जेष्ठ १४ गते अगावै नयां संविधान घोषणा गरिने छ। संविधान घोषणा गर्नु अघि बर्तमान प्रधानमन्त्रीले राजीनामा गरी नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिने छ। यो सरकारले एक बर्ष भित्र राष्ट्रिय आम निर्वाचन सम्पन्न गराउने छ।
४) शान्ति प्रक्रियाका बाँकी कामहरु बिगतका सहमति बमोजिम अविलम्व सम्पन्न गरिने छ।
५) संविधान निर्माणको कामलाई तीब्रता दिन राजनीतिक दलका शीर्ष नेताहरुको नियमित रुपमा बैठक गरिने छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुशील कोइराला, झलनाथ खनाल, विजयकुमार गच्छदार
मिति- २०६९।१।२१

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको