डढेलोले १० हजार हेक्टर वन क्षेत्र सखाप

९ बैशाख २०७१, मंगलवार २०:४५ मा प्रकाशित

परासी, ९ वैशाख । नवलपरासीको चुरे क्षेत्रको वनमा लागेको डढेलोका कारण १० हजार हेक्टरमा फैलिएको वन सखाप भएको छ ।
दाउन्ने, सुनवल, धुरकोट, अरुणखोला, चोरमारालगायत जंगलमा लागेको डढेलो पूर्ण रुपले नियन्त्रणमा ल्याउन स्थानीयले अग्नि नियन्त्रण समिति गठन गरे पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
तातो हावासँगै फैलिएको डढेलोका कारण जंगली जनावरसमेत प्रभावित भएका छन् । डढेलो लागेको वन क्षेत्रमा नीलगाई, हरिण, मयूर, कालिजजस्ता वन्यजन्तु र पक्षीहरु पाइने गर्दछ ।
चौपाया चराउन र घाँस दाउरा गर्न जंगल गएकाले फालेको चुरोटको ठुटोबाट वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । डढेलो क्रमशः अन्यत्र पनि फैलिन थालेपछि जिल्ला वन कार्यालयले नियन्त्रणका लागि प्रयास भइरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार