‘सूचना प्रसार र सञ्चार प्रविधिसम्बन्धी नयाँ नीति ल्याउँछौ’

९ बैशाख २०७१, मंगलवार १७:२९ मा प्रकाशित


काठमाडौं, ९ वैशाख । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सूचना प्रसार नीति र सञ्चार प्रविधि नीति तत्काल ल्याउन आवश्यक भएको बताएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको राजधानीमा आज (मंगलबार) सम्पन्न बैठकमा मन्त्री डा रिजालले सूचना र प्रविधिको द्रुततर विकाससँग समायोजन गर्नका लागि तत्काल नीतिहरू परिमार्जन गर्नुपर्ने बताए ।
उनले सरकारका काम कारबाहीहरू बृहत् नीतिबाट निर्देशित नहुँदा नीतिगत रूपमा बेलाबेलामा समस्या आउने भएकाले त्यसतर्फ ध्यान दिई अगाडि बढ्न मातहतका निकायलाई निर्देशन दिए ।
मन्त्री डा रिजालले समय र प्रविधिको विकाससँगै मन्त्रालयमा सुधारसमेत गरिने जानकारी दिए ।
उनले फ्रिक्वेन्सी र केबलका सम्बन्धमा देखिएका समस्यालाई नयाँ र दिगो व्यवस्थापनका साथ समाधान गरिने बताउनुहुँदै जनताका घरघरमा पहुँच भएको हुलाक सेवालाई बदलिँदो परिवेशअनुसार रूपान्तरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र