एमाओवादीद्वारा कम्युनिष्ट शक्ति एकताको अपील

९ बैशाख २०७१, मंगलवार १७:२४ मा प्रकाशित

काठमाडौं, ९ वैशाख । प्रमुख विपक्षी दल एमाओवादीले कम्युनिष्ट शक्तिबीच एकताको अपील गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस तथा साम्यवादी नेता भी आई लेनिनको एक सय ४४ औं जन्म जयन्तीका अवसरमा आज (मंगलबार) शुभकामना सन्देश जारी गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्न एकता आवश्यक रहेको बताएका हुन् ।
‘क्रान्तिकारी कम्युष्टि शक्तिका बीचमा एकताको अपील गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ ।’
दाहालले सशस्त्र जनयुद्ध र सशक्त जनआन्दोलन हुँदै आएको वर्तमान आन्दोलन अहिले पनि राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको बताए । उनले भने, ‘देश कम्युनिष्ट आन्दोलनले तय गरेका एजेण्डामै छ ।’
उनले दश वर्षको जनयुद्धले शताब्दीयौं लामो राजतन्त्रलाई अन्त्य गरी गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीता जस्ता राजनीतिक उपलब्धी सुनिश्चित गरेको जनाएका छन् ।
‘२१ औं शताब्दीमा विश्व परिस्थितिमा कयौं महत्वपूर्ण परिवर्तन आए पनि हामी साम्राज्यवाद एवम् सर्वहारा समाजवादी क्रान्तिको युगमा छौं’, दहालले भनेका छन् ।
एनले लेनिनले अघि सारेको क्रान्ति तथा कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त लगायतका प्रस्तावनाको महत्व अहिले पनि नघटेको उल्लेख गरेका छन् ।
लेनिनको जन्म जयन्तीको अवसर पारेर ६५ वर्ष अघि आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलन अनेकौं आरोह र अवरोह छिचल्दै अघि बढी रहिको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

आजको प्रमुख समाचार