आइएनजीओको चार खर्ब केमा खर्च भयो थाहा छैन्

९ बैशाख २०७१, मंगलवार ०७:२६ मा प्रकाशित

काठमाडौं, ९ वैशाख । नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनजीओबाट चार वर्षयता झन्डै साढे चार खर्ब रुपैयाँ भित्रिएको छ । यो रकम लगभग नेपालको वाषिर्क बजेको हाराहारी छ । तर, ती संस्थाले गरेको खर्च अपारदर्शी छ ।

समाजकल्याण परिषद्को तथ्यांक अनुसार आइएनजीओबाट चार वर्षयता चार खर्ब ३६ अर्ब आठ करोड २७ लाख ३१ हजार नौ सय ९९ रुपैयाँ नेपाल भित्रिएको छ । चालू वर्षको नेपालको वाषिर्क बजेट पाँच खर्ब १७ अर्ब २४ करोड रुपैयाँ छ ।

परिषद्का अनुसार नेपालमा अहिले एक सय ८७ आइएनजीओ छन् । अधिकांश संस्थाको परियोजना अवधि पाँच वर्षको छ । र सन् २०१० बाट काम सुरु गरेको परिषद्ले जनाएको छ । सम्झौताअनुसार उनीहरुको कार्य अवधि सन् २०१५ मा सकिने छ ।

परिषद्सँग आइएनजीओले नेपाल भित्र्याएको रकम कसरी खर्च गरेका छन् भन्ने कुनै विवरण छैन् । परिषद्का सदस्यसचिव रविन्द्र कुमारले पनि खर्चको बारेमा कुनै जानकारी नभएको बताए । उनले भने ‘अनुगमन र नियमन गर्न नपाउने कानुन छ, यस्तै हो भने राष्ट्रियता खतरामा पर्ने निश्चित छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न