वीरमा विद्युतीय हस्ताक्षर सुरु हुने

९ बैशाख २०७१, मंगलवार ०५:५७ मा प्रकाशित

काठमाडौं , ९ वैशाख । स्वास्थ्यमन्त्री खगराज अधिकारीले वीर अस्पताल कर्मचारी तथा चिकित्सकका लागि लागि विद्युतिय हस्ताक्षर गनुपर्ने प्रकृया अघि बढाउने बताएका छन् ।

चिकित्सकलगायतका कर्मचारी अस्पताल नबस्ने जनगुनासो पछि आफैले निरिक्षण गर्दा स्वास्थ्यमन्त्रीले उक्त तथ्य सहि रहेको पाएका थिए । निरक्षणपछिको निर्देशनसमेत नमानेपछि अधिकारीले अस्पतालको कार्यदिनअनुसार सवैले बस्नैपर्ने प्रकृया लागु गराउन औठाछाप द्वारा हस्ताक्षर प्रकृया अघि बढाउन लागेका हुन् ।

‘बीरमा औठा छापद्वारा हस्ताक्षर गरिने प्रकृया अगाडी बढाइनेछ’, स्वास्थ्य मन्त्री अधिकारीले सोमवार भने, ‘हामीले केन्द्रिय र अंचल अस्पतालमासमेत हस्ताक्षरको यो प्रकृयाको व्यवस्था गर्दैछौं ।’

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘बीर अस्पताल स्वायत्त संस्था भएकाले हामी आग्रह मात्र गर्न सक्छौं, लागु उहाँहरुले नै गर्ने हो ।’ मन्त्रालयका ती अधिकारीले ‘थम्ब प्रिन्ट’ हस्ताक्षर लागु नगरे आफूहरुले कारवाही गर्न नसक्ने बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार