सर्वोच्चको आदेश अवज्ञा गदै उपमहानगरपालिकभित्र बढुवा

९ बैशाख २०७१, मंगलवार ०५:३५ मा प्रकाशित

ललितपुर, ९ वैशाख । ललितपुर उपमहानगरपालिकाले सर्वोच्च अदालतको आदेश अवज्ञा गदै पाँच अधिकृतलाई काममा लगाएको छ ।

तह मिलान नै नगरी ती अधिकृतलाई काममा लगाएको हो । ०६७ श्रावण ७ देखि लागु भएको अधिकृतस्तर सातौं तहमा बढुवा नियुक्ति त्रुटिपूर्ण भन्दै ०६८ पुस २५ मा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

तर उपमहानगरपालिकाले अधिकृतस्तर सातौं तह बढुवा भइसकेको अवस्थामा ०६८ भदौ ९ गते तत्कालीन कार्यकारी प्रमुख राजेन्द्रकुमार पौडेलले सर्वोच्चको आदेशविपरित एउटै व्यक्तिलाई दुईवटा नियुक्ति पत्र दिएर काम लगाएका हुन् ।

भिन्नाभिनै शाखाका पाच अधिकृतले सातौं तहको बढुवासँगै दुई नियुक्ति लिएर काम गरिरहेका छन् । दुई नियुक्तिपत्रमा काम गर्नेमा दानमान शाक्य, सूर्यमाया ताम्राकार,रुद्रप्रसाद गौतम, बालुराज महर्जन र खगेन्द्रप्रसाद वस्ती छन् । उनीहरुले तीन वर्षदेखि दुईवटा नियुक्ति पत्रमा काम गरेका हुन् ।

स्थानीय स्वायत्त शासन नियमावली २०५६ अनुसार तह मिलान नगरी एउटा नियुक्ति खारेज नभए अर्को नियुक्ति लिन नपाइने प्रवधान छ । तर उपमहानरपालिकाले निमावलीविपरित अधिकृत तहको पुरानो नियुक्तिपत्र खारेज नगरी नया नियुक्तिपत्र दिएर कामकाजमा लगाएको अधिकारीहरुले बताए ।

पाँच अधिकृतको बढुवा हुनुअघि नै ०६८ साउन ६ मा नगरपरिषदबाट दरबन्दी सकिसकेको अवस्था थियो । आफुहरु ०५१ सालमा खुल्लाबाट अधिकृत तह आएको र विपक्षीले आरोप मात्रै लगाएको राजस्व महाशाखा विभागका प्रमुख दानमान शाक्यले बताए । ‘यो आरोप मात्रै हो, त्यस्तो केही होइन्,’ उनले भने ।

कमका आधारमा आफुहरु बढुवा भएको र कसैले दुईवटा नियुक्ति नदिएको शहरी विकास महाशाखाका प्रमुख रुद्रप्रसाद गौतमले बताए । ‘यो गलत प्रचार मात्रै हो । यो विषयमा छलफल गर्नु कुनै अर्थ छैन, हामीभन्दा पछि आउने बढुवा हुने हाम्रो बढुवा नहुने भनेर हेरफेर मात्रा भएको होु’ उनले भने । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न