दस्तावेज लेख्न दाहाल गुप्तवास रहने

९ बैशाख २०७१, मंगलवार ०५:३० मा प्रकाशित

काठमाडौं, ९ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक दस्तावेज लेख्न तयारीमा लागेका छन् । उनी हेटौंडा महाधिवेशनले तय गरेको ‘पुँजीवादी क्रान्ति’को कार्यदिशालाई आधार बनाएर दस्तावेज लेख्दैछन् । यसबारे वरिष्ठ नेताहरूसँग परामर्शसमेत सुरु गरेका छन् ।

एमाओवादीको सांगठनिक राष्ट्रिय सम्मेलन वैशाख १८ देखि विराटनगरमा हुँदैछ । सम्मेलनमार्फत पार्टी संरचना सुदृढ गर्नेमा दाहाल केन्द्रित छन् । उनले दस्तावेजमै ‘विशेष महाधिवेशन’ तयारीबारे समेत महत्त्वका साथ उल्लेख गर्नेछन् । पूर्वप्रधानमन्त्री एवं नेता बाबुराम भट्टराईले सांगठिनक सम्मेलनका सट्टा विशेष महाधिवेशनै माग गर्दै आएका हुन् ।

दाहाल लेख्नै भनेर दुई दिन धुलिखेलमा ‘गुप्तवास’ रहने निजी सचिवालयले जनाएको छ । उनले दस्तावेजकै विषयमा नेताद्वय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतसँग प्रारम्भिक परामर्श गरेका छन् ।

सम्मेलनको मुख्य उद्देश्य पार्टी संगठन चुस्त बनाउनु रहेको नेता अग्नि सापकोटाले बताए । ‘संगठन कसरी सेटिङ गर्ने यसको उद्देश्य हो,’ उनले भने । नेता राम कार्कीले महाधिवेशनमा जानुपर्ने भएकाले त्यसको आधार तयार पार्नुपर्ने बताए । ‘यो राष्ट्रिय सम्मेलनले महाधिवेशनका लागि तताउने छ,’ उनको भनाइ छ ।

भट्टराई पनि तयार पार्दै

नेता भट्टराई ‘नयाँ शक्ति’ निर्माणबारे छुट्टै लिखित प्रस्तावको तयारीमा छन् । निकट स्रोतका अनुसार यस विषयमा उनको दाहालसँग छलफल भइसकेको छ ।

दाहालले भट्टराईको फरक प्रस्ताव संगठनमा छलफल गराउन सहमत भइसकेका छन् । भट्टराई यही मौकामा नेतृत्व हस्तान्तरणको प्रश्नसमेत उठाउने तयारीमा छन् । उनको अगुवाइमा पार्टीभित्र उत्तराधिकारी निर्माण र सामूहिक नेतृत्वको मुद्दा उठाइने जानकारहरूले बताए । उनले हेटौंडा महाधिवेशनमा राष्ट्रियताको विषय उठाएका थिए ।

निर्वाचन भए दाहाल हावी हुने

राष्ट्रिय सम्मेनलनमा निर्वाचन भए दाहाल पक्ष हावी हुने सम्भावना देखिएको छ । अधिकांश जिल्लाबाट निर्वाचित राष्ट्रिय सम्मेलन प्रतिनिधिहरू दाहाल पक्षकै धेरै छन् ।

केन्द्रीय समिति बढीमा ९९ जनाको बनाउने, त्यसका लागि निर्वाचन भएमा भट्टराई र श्रेष्ठ पक्षको प्रतिनिधित्व हुने कम सम्भावना छ । आकांक्षी धेरै भएकाले यस पटक निर्वाचन हुने सम्भावना छ । यस्तो स्थितिमा भट्टराई र श्रेष्ठ पक्ष कसरी समेट्ने भन्नेबारे दाहालले हाल नसोचेको निकट नेताको भनाइ छ । ‘सर्वसम्मत नभए अध्यक्ष निर्वाचनबाटै नेतृत्व चयन गर्ने पक्षमा हुनुहुन्छ,’ ती नेताले भने ।

तयारी सुरु

व्यवस्थापन समितिमा खटेका नेता वर्षमान पुनले राष्ट्रिय सम्मेलनका लागि विराटनगरमा तयारी सुरु भइसकेको बताए । वीरेन्द्र सभागृहमा कार्यक्रम हुँदैछ । एक हजार एक सय प्रतिनिधिसहित करिब एक हजार पाँच सय जना सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलन पाँच दिनसम्म चल्नेछ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार