हलिउडमा चम्किरहेकी नेपाली छोरी श्वेताले रोजिन आफ्नो हिरो

८ बैशाख २०७१, सोमबार २३:५३ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, ९ वैशाख । हलिउडको लाइमलाइट सपना बोकेर सधै क्यामरा, एक्सन, कटमा रमाई रहने नेपाली छोरी श्वेता लामिछाने आज भोलि रिल लाईफ चटक्कै भुलेर रिएल लाइफको आफ्नो हिरो निल कुमारसंग रमाई रहेकी छिन ।

कला पारखिहरुको स्वप्न नगरी अर्थात् विश्वकै ठूलो चलचित्रनगरी हलिउड तर्फ लम्किरहेकी, चम्कि रहेकी नेपाली छोरी श्वेता लामिछानले गएको शनिबार परिवारजन, आफन्त र साथीसंगीको माझमा थोरै लजाउदै, थोरै मुस्कुराउदै आफ्ना प्रेमी निल कुमारको हातमा इन्गेजमेन्टको औठी लगाई दिएर आफ्नो बैबाहिक यात्रा सुरु गर्दा उनका सहकर्मीहरु हुर्रे हुर्रे गरिरहेका थिए ।

शनिबार उनकै निवाश भिएना भर्जिनियामा निम्त्याइएका अतिथि, परिवारजनको साथमा आफ्ना प्रेमी निलकुमारलाई दुबोको बरमाला पहिर्याईदिंदा हलिउडमा लाइमलाइट सपना बोकिरहेका उनका दौतरी र पाहुनाहरु हिन्दु संस्कार अनुसारको बैबाहिक रिति रिवाज देखेर अनौठो मानिरहेका थिए ।

अन्तत हलिउडमा लाइमलाइट सपनामा रमाउने सुन्दरीहरुको क्षण क्षण बन्ने र बिग्रने सम्बन्ध भन्दा ठिक उल्टो आफुलाई चाहने असंख्य युबाहरुको चाहनालाई निरुत्तर बनाउदैं श्वेताले बैबाहिक यात्रा सुरु गएकी छिन । श्वेताकै सब्दमा उनका दुई पुर्व प्रेमीसँग आत्मीय प्रेम थियो । तर उनका दुई पुर्व प्रेमी भन्दा नौलो व्यक्ति भारतीय मुलका निलकुमारको मायाले उनलाई पगाल्यो जो संग उनले जिन्दगि बिताउने निधो गरिन ।

काठमाडौंमा जन्मिएकी अमेरिकन नेपाली श्वेता लामिछानेले दुई वर्षको उमेरमा नेपाल छाडेकी थिइन् । उनको परिवार अस्ट्रेलियामा चार वर्ष बसेपछि अमेरिका बसाइ सरेको थियो । बितेको ६ वर्ष देखि हलिउडका चलचित्रमा अभिनय गरिरहेकी श्वेताले आधा दर्जन चलचित्र, टेलिश्रृंखला, वृत्तचित्र तथा रंगमञ्चमा अभिनय गरी सकेकी छिन ।

उनकै सब्दमा पुस्तक पढ्न, बास्केटबल खेल्न र मेकअप र स्किन केयरमा रुचि राख्ने श्वेताको अमेरिका यात्रा यस्तो थियो, मेरी आमा र बुबाको भेट हरियाणा विश्वविद्यालयमा भएको थियो। त्यसपछि उहाँहरूले विवाह गर्नुभयो । त्यसपछि म र मेरी दिदी प्रियंका जन्मियौँ। जब म दुई वर्षकी भएँ, बुवाले उच्च शिक्षाका लागि अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित जेम्स कुक युनिभर्सिटीमा आवेदन दिनुभयो। बुवा त्यहाँ भर्ना भएपछि हामी पनि अस्ट्रेलिया गयौं। चार वर्ष अस्ट्रेलियामा बसेपछि बुवाले मलेक्युलर बायोलोजीमा पिएचडी सक्नुभयो। त्यसपछि हामी अमेरिका आएका हौँ ।’

नेपाली छोरी श्वेताले हलिउडमा पहिलो पटक अभिनय गरेको चलचित्र ‘डेस्टिनी’ हो भने उनले सूर्य एन श्रेष्ठको ‘अर्बन रस’, माट होल्डरको डेथ अफ टम्मी पिस्टोल, पारामाउन्टको फ्रिडम राइटर्स, एसके मिडियाको पीएसए अर्गान डोनेसन आदि चलचित्रमा अभिनय गरि सकेकी छिन् ।

हलिउडमा पहिलो नेपाली कलाकार भन्न सकिने २८ वर्षीया श्वेता लामिछानेको सपना ओस्कार एवार्ड जित्नु हो र उनको हलिउड यात्रा जारी छ ।

बेभर्ली हिल्समा संघर्ष गरी रहेकी नेपाली छोरी श्वेता लामिछानेको हलिउडको लाइमलाइट सपना पुरा हुन्छ हुदैन समयको गर्वमा छ तर मन भित्र बसिसकेको प्रेमीलाई सपनाको राजकुमार बनाउने उनको धोको भने पुरा भएको छ ।

श्वेता लामिछानेको रिल लाइफमा असंख्य हिरो आउने छन् तर रियल लाइफको हिरो बन्ने सौभाग्य निल कुमारले प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

बेइजिङ् । रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी