नेपाली मुलका अमेरिकी आप्रवासी पत्रकारहरुको अधिबेशन हुदै

२१ बैशाख २०६९, बिहीबार २२:३७ मा प्रकाशित

अमेरिका, २१ वैशाख । अमेरिकामा बसोबास गर्ने नेपाली मुलका आप्रवासी पत्रकारहरुको संगठन नेपाल अमेरिका पत्रकार संघ नेजाको तेस्रो अधिबेशन आगामी शनिबार न्युयोर्क सहरमा सुरु हुदै छ । अधिबेशन शनिबार र आईतबार दुइ दिनसम्म चल्ने छ । आयोजकका अनुसार झन्डै एक सय पत्रकारहरु सदश्य रहेको नेजाको तेस्रो अधिवेशनमा करिब ८० जना पत्रकारहरु सहभागी हुने छन् । निबर्तमान सभापति कृष्ण शर्माका अनुसार अधिबेशनले नयाँ नेतृत्व चयन गर्नुका अतिरिक्त नेपाल पत्रकार महासंघसंगको सहकार्यको बारेमा पनि ठोस नीति तय गर्नेछ । यद्यपी नेजालाई आप्रवासी पत्रकारहरुको स्वायत्त संगठनका रुपमा अगाडी बढाउनु पर्ने नेपाली मुलका अमेरिकी पत्रकारहरुको चाहना रहेको छ । आसन्न अधिबेशनका सहभागी एक पत्रकार भन्छन, ‘सामाजिक संजाल र अनलाइन पत्रकारिताको यति ठुलो विकाश हुदा पनि नेजा नेपालको साप्ताहिक पत्रकारिताकै पथमा हिड्नु दुर्भाग्य हो । उनका अनुसार सहमति भन्दै पत्रकारिताबाट हराईसकेका अनुहारहरु नेतृत्वमा रहेकै कारण नेजा नेपाली मुलका आप्रवासी पत्रकारहरुबीच प्रभावकारी हुन सकेको छैन । आसन्न न्युयोर्क अधिबेशनमा नेपाली मुलका आप्रवासी पत्रकारहरुको हकहित, क्षमता विकाश र संस्थागत बिकाशका लागि योजना सहित प्रस्तुत हुन आयोजकहरुलाई उनले आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको