पत्रकार महासंघमा युनियनका तर्फबाट केसी उम्मेदवार

८ बैशाख २०७१, सोमबार १७:०६ मा प्रकाशित


काठमाडौं, ८ वैशाख । नेपाल प्रेस युनियनले पत्रकार महासंघको अध्यक्षमा पोषण केसीलाई अध्यक्ष पदमा उम्मेदवार बनाएको छ ।
काठमाडौंमा आज (सोमबार) बसेको प्रेस युनियनको केन्द्रीय कार्यसमिति बैठकले महासंघको अध्यक्षमा केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको महासचिव शिव लम्सालले जानकारी दिए । ‘पत्रकार महासंघको अध्यक्षको उम्मेदवार पोषण केसीलाई बनाउने निर्णय भएको छ,’ उनले भने, ‘क्रान्तिकारी पत्रकार संघ र महासंघसँग वार्ता गरेर बाँकी पदको घोषणा गर्छौं ।’
कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनले अध्यक्ष बाहेकका पदहरुमा उम्मेदवारी घोषणा गरेको छैन । निर्वाचनमा गठबन्धन गर्ने गरेर प्रेस युनियनले वार्ता टोली समेत बनाएको छ ।
उता, एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले महासंघको अध्यक्षमा महेन्द्र विष्टलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र