नगरकोट पर्यटन समितिमा लामिछाने

८ बैशाख २०७१, सोमबार १६:५३ मा प्रकाशित

भक्तपुर, ८ वैशाख । नगरकोट नाल्दुम पर्यटन विकास समितिको छैटौँ अधिवेशनले दीपक लामिछानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिका उपाध्यक्षमा इन्द्र लामा, सचिवमा धनबहादुर लामा, कोषाध्यक्षमा साधुराम ढकाल र प्रवक्तामा ओशिस भजु सर्वसम्मत चयन भएका छन् । समितिका सदस्यमा श्याम ध्वजु, प्रेम घिसिङ, सरजु राठौर, राजु तामाङ, नवीन गुरुङ र नरेश श्रेष्ठ रहेका छन् । भक्तपुर र काभ्रे जिल्लाको सङ्गममा रहेको रमणीयस्थल नगरकोटमा ४३ होटल सञ्चालनमा छन् ।

नगरकोटमा आज भएको अधिवेशनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्दै भक्तपुरलाई पर्यटकीय आगमनको केन्द्रबिन्दु बनाउन सकिने र जिल्लाका अन्य गाविसलाई पर्यटकीय गन्तव्यको क्षेत्र बनाउन स्थानीय निकायले पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।

नवनिर्वाचित अध्यक्ष लामिछानेले नगरकोटको पर्यटकीय विकासका लागि आफूले पर्यटकीय पूर्वाधारको निर्माणमा ध्यान दिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९