सगरमाथा आरोहणमा खटिने कामदारको बिमा रकम दोब्बर

८ बैशाख २०७१, सोमबार १६:४० मा प्रकाशित

काठमाडौँ, ८ वैशाख । सरकारले सगरमाथा आरोहण कार्यमा खटिने कामदारको बिमालगायत सुविधा रकममा दोब्बरभन्दा बढी वृद्धि गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आरोहणको काममा अति महत्वपूर्ण भूमिका खेल्ने शेर्पा सरदार पथप्रदर्शक, उच्च क्षेत्रका कामदार र स्थानीय कामदारको बिमा सन् २०१४ को वसन्त ऋतुदेखि लागू हुने गरी रकम वृद्धि गरेको हो ।

सोअनुरुप सरदारको रु पाँच लाखबाट रु १० लाख, क्लाइम्बिङ पथप्रदर्शकको रु चार लाखबाट रु १० लाख, आधारशिविर कामदारको रु तीन लाख ५० हजारबाट रु आठ लाख र स्थानीय कामदारको रु दुई लाख ५० हजारबाट रु पाँच लाख पु¥याइएको छ ।

त्यसैगरी सबैका लागि औषधोपचार बिमा रु ५० हजारबाट रु तीन लाख गरिएको मन्त्रालयले जनाएको छ । “हिमपहिरोको घटनापछि खोजी र उद्धार थालिएको, हेलिकोप्टर पठाई समन्वयात्मक रुपमा कार्य गरिएको, घाइतेको उपचार गराइएको, शव परिवारको जिम्मा लगाइएको छ” मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

सगरमाथा क्षेत्रको पर्वतारोहण संसारका धेरै मानिसको रुचि र चाखको विषय भएकाले यसलाई थप सुरक्षित, विश्वसनीय र आकर्षक बनाउन मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।

मन्त्रालयले हाल भएको दुःखद् घटनाबाट प्राप्त अनुभवको समेत उपयोग गरी सुरक्षित रुपमा आरोहण गतिविधि सञ्चालन गर्न शेर्पा, सरदार, उच्च क्षेत्रका कामदार सहयोगी र पर्वतारोहण व्यवसायी एवम् आरोहीलाई आग्रह गरेको छ ।

मन्त्रालयले आगामी दिनमा सरोकार भएका पक्षसँग छलफल, वार्ता र सहकार्य गरी यस क्षेत्रमा अझ सुधार गर्दै जने प्रतिबद्धता जनाएको छ ।

यही वैशाख ५ गते हिमपहिरोमा परी यस वर्षको वसन्त ऋतुको आरोहणका लागि तयारी गर्न गएका शेर्पा पथप्रदर्शक, उच्च हिमाली कामदार र सहयोगी व्यक्ति छ जनाभन्दा बढी घाइते भएको, तीन जना हराइरहेका र १३ जनाको निधन भएको थियो ।

मन्त्रालयले हिमपहिरोमा निधन १३ जना व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकटका साथ हराइरहेका व्यक्तिको खोजी जारी रहने विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार