पाँच समितिका सभापतिको चयन निर्वाचनबाटै

८ बैशाख २०७१, सोमबार १८:१२ मा प्रकाशित

काठमाडौं, ८ वैशाख । संविधानसभाका समितिहरुको नेतृत्वको निर्वाचन वैशाख १२ गते गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

संविधानसभा सचिवालयले आज (सोमबार) सूचना जारी गरेर वैशाख १२ गते साझ ५ बजे निर्वाचन गर्ने जानकारी गराएको हो । सर्वसमितिबाट समितिका सभापतिहरु छान्न प्रमुख तीन दलको प्रयास असफल भएपछि निर्वाचनको मिति तोकिएको संसद सचिवालयले जनाएको छ ।

कार्यतालिका अनुसार वैशाख १५ भित्र गठित ५ वटा समितिहरुले आ–आफ्नो सभापति निर्वाचित गरिसक्नुपर्ने छ ।

प्रमुख तीन दलबीच संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिमा एमाओवादीलाई, संविधान मस्यौदा समिति कांग्रेसलाई र संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको नेतृत्व एमालेले गर्ने समझदारी भएको छ ।

कांग्रेसका रामचन्द्र पौडेल, एमालेका विष्णु पौडेल तथा एमाओवादीका बाबुराम भट्टराई कुनै एक एक समितिको नेतृत्व गर्ने जनाईएको छ ।

तीन दलबीच नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र क्षमता अभिवृद्धि एवं स्रोत व्यवस्थापन समितिको नेतृत्व मधेस केन्द्रीत दल र साना दलहरुलाई दिने समझदारी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र