आरोहीको शवयात्रा

८ बैशाख २०७१, सोमबार १६:०५ मा प्रकाशित

काठमाडौं, ८ वैशाख । सगरमाथा आधारशिविरमा केही दिनअघि दुर्घटनामा ज्यान गुमाएका आरोहीमध्ये छ जनाको शवयात्रा गरिएको छ ।

राजधानीमा आज (सोमबार) आरोहीहरुलाई श्रद्धाञ्जलि दिन शव यात्रा निकालिएको हो । निमा शेर्पा, फुरवाङ्देल शेर्पा, फुर्तेम्बा शेर्पा, आङ्काजी शेर्पा, दोर्जे खत्री र आसमान तामाङको पार्थिव शरीरलाई बौद्धबाट चाबहिल, गौशाला, बानेश्वर, पुतलीसडक, जमल हुँदै लैनचौरमा पु¥याई श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

शनिबारदेखि उनीहरुको शव बौद्धस्थित शेर्पा, वालुङ र तामाङ गुम्बामा राखिएको थियो । उनीहरुको बौद्ध परम्पराअनुसार आज स्वयम्भू, टेकु र बौद्धमा अन्त्येष्टि गरिने जेरिङ शेर्पाले जानकारी दिए ।

यही वैशाख ५ गते भएको उक्त दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार