डुबेको पानी जहामा चौसठ्ठी यात्रुको शव प्राप्त

८ बैशाख २०७१, सोमबार १५:२३ मा प्रकाशित

सोल, ८ वैशाख । दक्षिण कोरियाको समुद्रमा गत बुधबार भएको पानी जहाज दुर्घटनामा हराइरहेका व्यक्तिहरु मध्ये ६४ को मृत्यु भएको पुष्टि भएको छ ।

दुर्घटनामा परेका यात्रुको खोजी कार्य जारी नै रहँदा त्यसमा परेका ६४ जनाको शव प्राप्त भएको बताइएको छ । अझै पनि दुर्घटनाका २३८ जना व्यक्ति बेपत्ता रहेका जनाइएको छ ।

बुधबार भएको दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ जनाको शव भेटिएको दक्षिण कोरिया सरकारले जनाएको छ । सो दुर्घटनामा सोमबार बिहान थप आठ जनाको शव प्राप्त भएपछि मृतकको सङ्ख्या ६४ पुगेको हो ।

दक्षिण कोरियाको दक्षिणी तटीय क्षेत्रमा चालक दलका सदस्यसहित ४७६ जना यात्रुका साथमा यात्रा गरिरहेको सो पानी जहाज दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेको सो पानी जहाजमा अधिकांश माध्यमिक विद्यालयका विद्यार्थी रहेका थिए ।

एक स्थानीय विद्यालयका विद्यार्थीलाई अध्ययन भ्रमणमा लैजाने क्रममा सो पानी जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा विद्यार्थी र शिक्षक गरी ३५२ जना र बाँकी अन्य यात्रु रहेका जनाइएको छ ।

डुबेकामध्ये कम्तीमा पनि १७९ जनालाई भने उतिबेलै उद्धार गरिएको बताइएको छ । उद्धार गरिएकामध्ये ७५ जना विद्यार्थी र शिक्षक रहेका पनि जनाइएको छ ।

जहाजका चालक दलका सदस्य र जल यातायातसम्बन्धी मन्त्रालयका अधिकारीलाई पनि पक्राउ गरी यात्रामा भएको लापरबाहीको बारेमा अध्ययन गरिएको बताइएको छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

आजको प्रमुख समाचार