‘जघन्य अपराधका दोषीलाई माफी दिन सकिँदैन’

८ बैशाख २०७१, सोमबार १५:०५ मा प्रकाशित

विराटनगर, ८ वैशाख । सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले द्वन्द्व बल्झाउनेखालको सत्य निरुपण तथा मेलमिलाप आयोग नआउने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज (आइतबार) पत्रकारसँग कुरा गर्दै मन्त्री रिजालले आयोगमा बेपत्ता नागरिकका परिवारलाई राहत दिने व्यवस्था हुने जानकारी दिए ।

आयोगको विषयमा भइरहेको बहस र छलफलले सरकारले एउटा निश्चित बाटो लिने स्पष्ट पार्दै सञ्चारमन्त्री रिजालले जघन्य अपराधका दोषीलाई आयोगमार्फत माफी दिन नसक्ने बताए ।

उनले प्रायश्चित र पश्चातापको भावना नभए क्षमा मिल्दैन भन्दै सरकार समाज निर्माणको बाटामा अग्रसर भइरहेकाले द्वन्द्वको बाटामा नजाने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा