न्युयोर्कबाट प्रकाशित तीनवटा पत्रिकाको संयुक्त प्रेस वक्तब्य

८ बैशाख २०७१, सोमबार १३:१९ मा प्रकाशित

न्युयोर्क । कान्तिपुर पब्लिकेशनबाट प्रकाशित हुने नेपाल साप्ताहिकमा अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने साप्ताहिक र पाक्षिक पत्रिकालाई लक्ष्यित गरी प्रकाशित सामाग्रीप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

अमेरिकाबाट संचालित नेपाली संचारमाध्यमहरुको बारेमा बद्नियतपूर्वक प्रकाशित उक्त सामाग्री र त्यसमा प्रयोग गरिएका न्युयोर्कबाट प्रकाशित हुने नेपाली पत्रिकाहरु खसोखास साप्ताहिक, विश्वसन्देश साप्ताहिक र एभरेष्ट टाइम्स पाक्षिकका तस्विर प्रति हाम्रो घोर आपत्ति छ । प्रवासमा विभिन्न कठिनायी झेल्दै संचालित संचारमाध्यमको बदनाम गर्ने नियतका साथ प्रकाशित उक्त सामाग्री र सामाग्रीमा प्रकाशित तस्विरले अमेरिकामा सकृय नेपाली पत्रकार र नेपाली संचार जगतकै मानहानी भएको हाम्रो ठहर छ । अमेरिकामा प्रवासी नेपाली समुदायसँग आत्मियता राख्दै संचालित संचारमाध्यमहरुमाथि यस्तो आरोप लगाइनु निन्दनीय छ । वास्तविक बस्तुस्थीति अध्ययन नगरी प्रकाशित यस समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्दै नितान्त पूर्वाग्रही ढंगले गरिएको यस कार्यको हामी घोर भत्र्सना गर्दछौं ।

अमेरिकामा नेपालीका गतिविधिहरु सम्प्रेषण गर्ने र अमेरिकामा रहेका नेपालीहरुमाझ विभिन्न सुचनाहरु पुर्‍याउने पवित्र लक्ष्यका साथ निशुल्क रुपमा नै वितरण गरिदै आएका पत्रिकाहरुमा अमेरिकामा रहेका नेपालीहरुका विभिन्न गतिविधिहरुले प्राथमिकता पाउदै आएका छन् । तर त्यसको नजरअन्दाज गर्दै अमेरिकामा संचालित नेपाली संचारमाध्यमहरुको बारेमा हुँदै नभएका र कपोलकल्पित आरोपसहितको सामाग्री नेपाल साप्ताहिक जस्तो संचारमाध्यमले प्रमाणित नगरी प्रकाशित गरेकोमा हामी आश्चर्यचकित भएका छौं । नेपाल साप्ताहिकमा प्रकाशित उक्त सामाग्रीबाट खसोखास साप्ताहिक, विश्व सन्देश साप्ताहिक र एभरेष्ट टाइम्स पाक्षिक तथा यसमा कृयाशिल सम्पूर्ण टिमकै मानमर्दन भएकाले मानहानी गर्ने लेखक र संचारमाध्यम दुबैमाथि कारवाहीका लागि सहयोग गर्न हामी सम्बन्धित सबैमा अपिल गर्दछौं । साथै कुन नियतले यस्तो सामाग्री प्रकाशित गरिएको हो, त्यसको जवाफ दिन हामी नेपाल साप्ताहिक र त्यस सामाग्रीका लेखकलाई आग्रह गर्दछौं ।

आङछिरिङ शेर्पा
प्रधानसम्पादक, एभरेष्ट टाइम्स पाक्षिक, न्युयोर्क

विजय पौडेल
प्रधानसम्पादक, विश्व सन्देश साप्ताहिक, न्युयोर्क

किशोर पन्थी
प्रधानसम्पादक , खसोखास साप्ताहिक न्युयोर्क

२० अप्रिल २०१४

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

आजको प्रमुख समाचार