दलहरुद्वारा सहमतिको ब्रेक थ्रु: सहमतिको मस्यौदा तयार, माओवादी र मधेसी मोर्चाका मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

२१ बैशाख २०६९, बिहीबार १९:४८ मा प्रकाशित

काठमाडौं, २१ वैशाख । लिखित सहमति गर्न नयाँ बानेश्वरको विशेष समिति सचिवालयमा बसिरहेको मधेसी मोर्चा सहितको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थलमै सहमतिको मस्यौदा तयार हुदै गरेको जानकारी प्राप्त भएको छ । सहमति अनुसार माओवादी र मधेसी मोर्चाका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुले प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष सामूहिक राजीनामा बुझाएका छन् । राजीनामा दिएका मन्त्री त्रिपाठीका अनुसार राजनैतिक सहमतिको आधारमा बाबुराम भट्टराईकै नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बनाउन मन्त्रीहरुले राजिनामा दिएका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, कङ्ग्रेस महामन्त्री कृष्ण सिटौला र मधेसी मोर्चाबाट विजयकुमार गच्छदार सम्मिलित टोलीले सहमतिको मस्यौदा तयार गर्दै गरेको स्रोतले बताएको छ । स्रोतले बताए अनुसार मधेसी मोर्चा सहितको प्रमुख तीन दलका शीर्ष नेताहरुले संबिधान र सरकारबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, कङ्ग्रेस महामन्त्री कृष्ण सिटौला र मधेसी मोर्चाबाट विजयकुमार गच्छदार सम्मिलित टोलीले तयार गरेको मस्यौदामा आजै हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई