जनसम्पर्क समिति लसएन्जलसको दोस्रो अधिबेशन सम्पन्न

८ बैशाख २०७१, सोमबार १३:०३ मा प्रकाशित

लसएन्जलस । जनसम्पर्क समिति लसएन्जलस क्यालिफोर्नियाले मदन पाठकको संयोजकत्वमा नयाँ नेतृत्व चयन गरेको छ । आइतबार लसएन्जलसको आर्टिसियामा भएको नेपाली काँग्रेस सुभेच्छुकहरुको भेलाले जनसम्पर्क समिति लसएन्जलस क्यालिफोर्नियाको नयाँ नेतृत्व चयन गरेको गरेको हो । भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसकी नेत्री गौरी राणाले प्रवाशमा रहेका काँग्रेस सुभेच्छुकहरुले नयाँ संबिधान र प्रजातन्त्रको लागि खबरदारी गरिरहनु पर्ने बताउनु भयो । अर्का बक्ता डा. सुबाश पोखरेलले प्रवाशी बुद्दि र वर्कतलाई देश हितमा लगाउन काँग्रेसले महत्वपूर्ण भूमिका निर्बाह गर्न पर्ने औल्याउनु भयो । भेलामा स्थानिय अगुवा समाजसेवी उमा थापा, काँग्रेस नेता मुकुन्द ढुंगाना, जनसम्पर्क समिति लसएन्जलसका निबर्तमान सभापति टिका चौधरी, बिद्यार्थी नेता हेमराज भट्ट लगायतका बक्ताले सम्बोधन गरेका थिए । भेलाको दोस्रो सत्रमा मदन पाठकको नेतृत्वमा निर्वाचित जनसम्पर्क समिति लसएन्जलस क्यालिफोर्नियाको नवनिर्बाचित कार्यसमितिलाई बधाई ज्ञापन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

आजको प्रमुख समाचार