पुनहिलमा पर्यटकको घुईचो

८ बैशाख २०७१, सोमबार ११:०१ मा प्रकाशित


म्याग्दी, ८ वैशाख । पहाडी भूगोलको उच्च स्थान, त्यसमा पनि वसन्त ऋतुसँगै पाखाभरि फुलेका गुराँसे जङ्गल, खुलेको आकाश र पृष्ठभूमिमा दन्तलहरझैं हिमशृङ्खलाको मनोरम दृश्यको अवलोकन गर्न म्याग्दीको घार–१ मा पर्ने पुनहिलमा पर्यटकको घुइँचो लागेको छ ।
विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत समुन्द्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको जङ्गलमा फुलेका लालीगुराँसको रङ्गमा रमाउने पर्यटकको ताँती लागेको हो । दैनिकजसो सयौँको सङ्ख्यामा पुनहिल पुगेका पर्यटक प्रफुल्लित हुँदै प्राकृतिक सौन्दर्यतालाई क्यामेरामा कैद गर्न व्यस्त देखिन्छन् ।
मुस्ताङको जोमसोम, म्याग्दीको भुरुङ तातोपानी, कास्कीको उल्लेरी, घान्द्रुक लगायतका स्थान हुँदै पदयात्रा गरेर पुनहिलमा पुग्न सकिन्छ । पुनहिलबाट मनास्लुदेखि धौलागिरि रेञ्जमा पर्ने माछापुच्छ«े, अन्नपूर्ण, नीलगिरि, धौलागिरि, गुर्जालगायत १६ वटा हिमशृङ्खला, सूर्योदयको साथमा वसन्त ऋतुसँगै फुलेका लालीगुराँसको रङ्गीन दृश्य अवलोकन गर्न सकिन्छ ।
एकै स्थानबाट धेरै दृश्यको अवलोकन गर्न सकिने तथा पर्यटकीय नगरी पोखरादेखि नजिक पर्ने भएकाले पुनहिल अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको मुख्य रोजाइमा पर्ने गरेको गेलेसियर फ्यामिली ट्रेकका पथप्रदर्शक डिलु राईले बताए । एकान्त र शान्त वातावरण पनि यो स्थानको विशेषता हो ।
असोज, कात्तिक, चैत र वैशाख महिना मुख्य पर्यटकीय सिजन मानिन्छ । यो सिजनमा खराब मौसमका कारण सगरमाथा क्षेत्रका पर्यटक पनि अन्नपूर्ण पदमार्गमा आएकाले पर्यटकको चाप उच्च रहेको घारेपानी होटल व्यवसायी समितिका अध्यक्ष डमबहादुर पुनले बताए ।
पछिल्लो समय घोरेपानी पुनहिल क्षेत्रमा चीन, कोरिया, मलेसियालगायत एसियाली मुलुकका पर्यटकको आगमन बढ्दै गएको घोरेपानी होटल व्यवसायी समितिका उपाध्यक्ष टेकसर बुद्धुजा पुनले बताए ।
इलाका प्रहरी कार्यालय घोरेपानीका अनुसार दैनिक न्यूनतम ६०० जना आन्तरिक तथा बाह्य पर्यटक घोरेपानी भित्रने गरेका छन् । विक्रम संवत २०७० मा २७ हजार ५०० जना विदेशी पर्यटकले घोरेपानी, पुनहिल क्षेत्रको भ्रमण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

आजको प्रमुख समाचार