अचम्म नमान्नु होला १३ रुपियाँमा सेवा

८ बैशाख २०७१, सोमबार ०७:४९ मा प्रकाशित

काठमाडौं, ८ वैशाख । कल्पना गरौं, सय रुपियाँ लागत अनुमान गरिएको कुनै निर्माण कार्य कति रुपियाँमा सम्पन्न गर्न सकिएला ? तपाई भन्नुहोला, ९०, ८०, ७०, ५० वा ३० रुपियाँ । यो पनि तपाईले बढी अनुमान गर्नुभयो ।

यथार्थमा चाहिँ नेपालका सडक डिभिजनल कार्यालय र निर्माण व्यवसायी मिलेर सय रुपियाँ लागत अनुमान गरिएको काम १३ रुपियाँमा सम्पन्न गर्दा रहेछन् । केही दिनअघि सार्वजनिक गरिएको महालेखा परीषकको ५१ औं वाषिर्क प्रतिवेदनमा यस्तै तथ्यांक उल्लेख गरिएको छ ।
प्रतिवेदनका अनुसार डिभिजन सडक कार्यालय सुर्खेतले आव ०६९/७० मा ३६ करोड ७७ लाख रुपियाँ अनुमान भएको १ सय ४७ ओटा ठेक्का सम्पन्न गरेको छ । यी सडक योजनामा महालेखाले ८६ दशमलब ९३ प्रतिशत घटीका बोलपत्र स्वीकृत गरेको भेट्टाएको छ ।

यस अनुसार सय रुपियाँको कुनै योजना निर्माण गर्ने लागत अनुमान थियो भने त्यो योजना १३ रुपियाँ ७ पैसामा सम्पन्न गरिएको छ । औसतमा भने डिभिजन सडक कार्यालय, सुर्खेतले ५८ दशमलब २२ प्रतिशत घटीमा बोलपत्र स्वीकृत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
लापरबाहीकै कारण कार्य सम्पन्न गरेको प्रतिवेदनसमेत डिभिजनल सडक कार्यालय सुर्खेतले स्वीकृत गरेको छ । अभियान राष्ट्रिय दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत