राप्रपाले जबरा सभासदमा पठाउने

८ बैशाख २०७१, सोमबार ०६:१७ मा प्रकाशित

काठमाडौं, ८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानसभामा मनोनीत सभासदको एक कोटामा वरिष्ठ नेता पशुपतिशमशेर जबरालाई पठाउने भएको छ ।

पार्टी पदाधिकारी तहले यसलाई टुंग्याएर र प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी दिइसकेको छ । अध्यक्ष सूर्यबहादुर थापा निकट एक नेताका अनुसार जबराको नाममा पार्टीभित्र विवाद छैन ।

यसअघि समानुपातिक सभासद र दुई जना मन्त्री चयनलाई लिएर पार्टीमा आलोचना भइरहेको छ । अध्यक्ष थापाले पार्टीभित्र असन्तुष्टलाई मनाउन राणाको नाम अघि सारेको ती नेताले बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार