स्वास्थ्य मन्त्रीको भ्रमण काम लागेन

८ बैशाख २०७१, सोमबार ०५:५७ मा प्रकाशित

काठमाडौं, ८ वैशाख । स्वास्थ्य मन्त्रीले खगराज अधिकारीले बीर अस्पतालमा कार्यदिवस अनुसार बरिष्ठ चिकित्सक लगायतका सम्पुर्ण कर्मचारीलाई अनिवार्य वस्न दिएको निर्देशन अझै कार्यान्वयन हुन सकेको छैन ।

स्वास्थ्य मन्त्रीले मुलुककै सबै भन्दा जेठो अस्पतालमा दश दिन अघि गरेको आकस्मिक भ्रमणको क्रममा त्यहा अधिकांश बरिष्ठ चिकित्सक, विभागिय प्रमुख र कर्मचारीहरु अनुपस्थित पाएका थिए । स्वास्थ्य मन्त्रीले त्यसताका कान्तिपुर संग भनेका थिए, ‘म तिन वजे जादा बीरका सवै जसो बरिष्ठ चिकित्सकहरु थिएनन, त्यहा मैले सवै जसो विभागमा रेजिडेन्ट र एमडीरएमएसका विद्यार्थीहरुलाइर्ं मात्र देखेको थिए ।’

स्वास्थ्य मन्त्रालयले बीरबाट विभिन्न प्रकारका विशेषज्ञ स्वास्थ्योपचार सेवाहरु उपलब्ध हुनु र असहाय तथा विपन्न वर्ग लगायत सर्वसाधारणलाई चिकित्सा सेवामा पहुंच सहज तुल्याईनु यो अस्पतालको खास विशेषता रहेको जनाउदै आएको छ । तर विज्ञहरुले बरिष्ठ चिकित्सक लगायतका कर्मचारीको अभावमा सरकारको उक्त दावी कसरी सहि हुने हो भन्ने प्रश्न समेत उठाउदै आएका छन ।

मन्त्रीले विश्व स्वास्थ्य दिवसको अवसरमा समेत देश भरीको अस्पताल, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा कार्यर् दिवस अनुसार सवैलाई बस्नु पर्ने आव्हान गर्दे स्वास्थ्य संस्थामा तोकिएको सेवा समयलाई अनिवार्य रुपमा कार्यान्वयन गरिने बताएका थिए ।

‘मन्त्री ज्युको भ्रमण र कार्य दिवस अनुसार अस्पतालमा सवै कर्मचारीले अनिवार्य रुपमा बस्नु पर्ने उहाले दिनु भएको निर्देशन ले केहि फरक परेको छैन, बीरका एक बरिष्ठ चिकित्सकले भने, ‘निर्धारित समयमा अस्पताल नआउने, आए पनि पुरा समय नवस्ने, चार दिनको हाजिरी एकै पटक गर्ने, अस्पताल समयमा निजी क्लिनिकमा वस्ने लगायतका प्रकृयामा कुनै परिवर्तन आएको छैन ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) अन्तर्गतको विरमा चिकित्सक लगायतका कर्मचारीहरुलाई कार्य दिवस अनुसार सामान्यतया विहान नौ वजे देखी साझ पाच वजे सम्म बस्नु पर्ने हुन्छ । बीरलाई २०६३ सालमा विशेष ऐन अन्तर्गत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बनाइएको हो ।

बीरमा विहान ठिक नौ वजे आउने चिकित्सकको संख्या औलामा गन्न सक्ने रहेको त्यहि कार्यरत कर्मचारी हरु बताउछन । केहि बरिष्ठ चिकित्सक त सातामा एकरदुइ घन्टाको लागि समेत अस्पताल पुग्ने गरेका छन । यस्तै दुईरचार दिन अस्पताल नआए पनि हाजिर गर्ने चिकित्सक लगायतको कर्मचारीको संख्या समेत कम छैन । अझ केहि बरिष्ठ चिकित्सक एघाररसाढे ११ वजे वा आफूलाई फुर्सत भएको समयमा अस्पताल पुगेर मौका पाउनासाथ पुनः निजी क्लिनिकमा जाने गरेका छन ।

‘राजनीतिमा चुर्लुम्म डुवेको अस्पतालमा हुने नियुक्तिमा ‘राम्रो हैन हाम्रो’, मान्छे चाहिन्छ, यस्तोमा सवैलाई नियम पालना गराउन नियुक्त भएका पदाधिकारीहरुले कसरी परिवर्तन ल्याउन सक्छन ?’ एक अर्का बरिष्ठ पदाधिकारीले भने, ‘स्पतालमा काम गर्ने कर्मचारी कम र पार्टिका कार्यकर्ता बढी भएकोले हालकै परिस्थितिमा निर्धारित समय सम्म अस्पतालको कर्मचारीलाई बस्नै पर्ने अवस्था श्रृजना गर्न सकिदैन ।’

‘यो विद्यापिठ हो तर यहा शैक्षिक, चिकित्सा सेवाको वातावरण छैनु, बीरका एक बरिष्ठ प्राध्यापक भन्छन, ‘यहा सात वर्ष अघि वाट शैक्षिक कार्यक्रम थपे पछि हुनु पर्ने पुर्नरगठन र त्यसको संगठनात्मक ढाचा नभएकोले हालको स्थिति निम्तिएको हो ।’ उनी बीरलाई आम नेपालीको लागि स्वास्थ्य सेवा पुर्‍याउने एउटा उत्कृष्ट चिकित्सा अध्ययन संस्थानको रुपमा विकसित गर्न दृढ राजनैतिक इच्छा शक्तिको खाचो रहेको समेत जनाउछन । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार