आममाफी दिन सक्ने आयोग बन्नु पर्छ : गुरुङ

७ बैशाख २०७१, आईतवार २०:३४ मा प्रकाशित


काठमाडौं, ७ वैशाख । नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले बृहत् शान्ति सम्झौता र अन्तरिम संविधान, २०६३ अनुसार नै सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोग बन्नु पर्ने बताएका छन् ।

राजधानीमा आज (आइतबार) आयोजित कार्यक्रममा सचिव गुरुङले अधिकारसम्पन्न आयोगमार्फत नै द्वन्द्वकालीन विषयको छानबिन गरी मेलमिलापमा परिणत गराउनु पर्ने बताए । उनले यथाअवस्थाको आयोग ल्याउने हो भने त्यसले समाधान भन्दा पनि समस्या थप्ने बताए ।

‘आयोग युद्धका दुवै पक्षको सहभागिता हुने गरी गठन हुनुपर्छ,’ उनले भने, ‘आयोगलाई जघन्य अपराधमा संलग्नलाई आफँै कारबाही गर्नेसम्मको अधिकार सम्पन्न बनाउन सके मात्र शान्ति प्रक्रिया टुङ्गोमा पुग्छ ।’

एमाओवादीका नेता देवेन्द्र पौडेलले द्वन्द्वको व्यवस्थापन राम्रोसँग हुन नसके फेरि मुलुकमा द्वन्द्व हुने बताए । उनले राजनीतिक पूर्वाग्रहका आधारमा नभई निष्पक्ष रूपमा आयोगमार्फत युद्धकालका विषयको छानबिन गर्नुपर्ने बताए ।

कांग्रेसका सभासद रामहरि खतिवडाले आयोगमार्फत पीडित र पीडकबीच मेलमिलाप गराए पनि जघन्य अपराधका दोषीलाई आममाफीका नाममा उन्मुक्ति दिन नहुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा