कार्यकर्ताको आग्रहमा नेतृत्व लिन तयार छु : नेता नेपाल

७ बैशाख २०७१, आईतवार १६:१६ मा प्रकाशित

काठमाडौं, ७ वैशाख । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यकर्ताहरुको आग्रह र वामपन्थी आन्दोलनका लागि पार्टीको नेतृत्व लिन आफू तयार रहेको दोहराएका छन् ।

काठमाडौंको बुद्धनगरस्थित प्रेसिडेन्टल बिज्नेश स्कुलमा आज (आइतबार) आयोजित मध्ये पश्चिमका अगुवा कार्यकर्ताहरुसँगको छलफलमा नेता नेपालले एमाले भित्रको अवसरवाद अन्त्यका लागि आफू नेतृत्व लिन तयार रहेको बताए । पदका लागि लोभ नभएको बताएका उनले भने, ‘मैले वामपन्थी आन्दोलनको नेतृत्व गर्नु पर्छ ।’

‘नेता तथा कार्यकर्ताहरुको आग्रहमा म पार्टीको नेतृत्व लिन तयार छु,’ नेता नेपालको भनाई उदृत गर्दै एमाले बाँकेका उपसचिव रत्न खत्रीले भने, ‘वामपन्थी आन्दोलनको नेतृत्व लिन्छु ।’

वामपन्थी आन्दोलनलाई नेतृत्व गर्न सक्ने बताएका उनले एमाले भित्रको अवसरवाद र जडसुत्रवादको अन्त्य गर्ने बताए ।

एमालेको आगामी नवौं राष्ट्रिय महाधिवेशनको भावी रणनीति र विचारका विषयमा वरिष्ठ नेता नेपालले मध्यपश्चिमका अगुवा कार्यकर्तासँग परामर्श गरेका हुन् ।

नवौं महाधिवेशनमा नेता केपी ओलीले पनि अध्यक्ष पदमा दाबी गरिरहेका छन् । नवौं महाधिवेशनमा वरिष्ठ नेता नेपाल र ओलीवीच अध्यक्ष पदमा प्रतिष्प्रधा हुने एमाले जानकारीहरुको भनाई छ ।

छलफलमा सचिव युवराज ज्ञवाली, पोलिटब्यूरो सदस्य सुरेन्द्र पाण्डे, भीम रावल, प्रकाश ज्वाला, केन्द्रीय सदस्य चन्द्रबहादुर शाही, गोकर्ण विष्ट, बलबहादुर सुनार, केन्द्रीय सल्लाहाकार बाबुराम गौतमलगायतको सहभागिता रहेको थियो । तस्वीर सौजन्य विष्णु रिजाल

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा