दुर्घटनामा चार जनाको मृत्यु (अपडेट)

७ बैशाख २०७१, आईतवार ०९:५१ मा प्रकाशित

गुल्मी, ७ वैशाख । गुल्मी जिल्लामा जीप दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । दुर्घटनामा नौं यात्रु घाईते भएका छन् ।

दरबार देवीस्थल–८, म्यालपोखरामा आज (आइतबार) विहान करिव साढे सात बजे लु १ ज २५२९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरी सहायक निरीक्षक धनबहादुर रावतले जानकारी दिए । जीप सदरमुकाम तम्घास तर्फ यात्रु लिएर आउँदै थियो ।

मृत्यु हुनेमा दरबार देवीस्थल गाविस निवासी नौ वर्षीय सारु मगर, २४ वर्षीय भविन्द्र कुँवर, ५० वर्षीया जमुना खत्री र अर्घाखाँची जिल्ला बलकोट–८ निवासी ३३ वर्षीया सानो मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनाका घाईते यात्रुको स्थानीय अस्पतालमा उपचार भई रहेको छ । एक जनाको दुर्घटना स्थल र अन्य तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरी भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार