पाटन अस्पतालमा आफू खुसी निर्णय

७ बैशाख २०७१, आईतवार ०७:२७ मा प्रकाशित

काठमाडौं, ७ वैशाख । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा व्यवस्थापनले नियमविपरित आफूखुसी निर्णय गरेर संस्थानलाई धरायसी बनाउँदै गएको छ । अस्पतालमा कुनै पनि काम प्रचलित नियमअनुसार नभएपछि प्रतिष्ठानको दिगोपनका लागि मितव्ययिता अपनाउन आवश्यक रहेको महालेखा परिक्षकको प्रतिवेदनले औल्याएको छ।
ललितपुर लगनखेलस्थित सो अस्पताल सरकारी निजी साझेदारी नीति अनुसार सञ्चालन भइरहेको छ । १२ वर्षअघि युनाइटेड मिसन टु नेपालले हस्तान्तरण गरेपछि यो जिल्ला अस्पतालको रुपमा समेत रहेको छ। तर, व्यवस्थापनमा रहने व्यक्तिहरुका कारण अस्पतालमा चरम अनियमितता वेथिति र भ्रष्टाचार मौलाउँदै गएको हो।
यहाँ कुनै पनि काम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक प्रशासन विनियमावलीअनुरुप नहुने गरेको पाइएपछि महालेखाले सरकारलाई सम्बन्धित काममा संलग्नलाई अनुसन्धान गरी कारबाही र अस्पताललाई पुगेको क्षति बराबरको रकम असुलउपर गर्न निर्देशन दिएको छ ।
पाटन अस्पताल यो वर्ष २ करोड ६ लाख ८५ हजार खुद नोक्सानमा छ । प्रतिष्ठानमा औषधि, केमिकल, रिएजेन्टस, एक्सरे, फिजियोथेरापीलगायत मालसमान खरिद गर्दासमेत टेन्डर नगरी आफूखुसी खरिद गरिएको भन्दै महालेखाको प्रतिवेदनमा त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार