अब श्रीपेच हेर्न नपाईने

७ बैशाख २०७१, आईतवार ०७:२२ मा प्रकाशित

काठमाडौं, ७ वैशाख । नारायणहिटी संग्रहालय घुम्न आउने सर्वसाधारणको श्रीपेच हेर्ने इच्छा अधुरो भएको छ। संग्रहालय अवलोकन गर्न आएका अधिकांश आगन्तुकहरुले आगन्तुक पुस्तिकामा नारायणहिटी संग्रहालयको ऐतिहासिक सामाग्री अवलोकन गरेपनि श्रीपेच हेर्न नपाएको गुनासो लेख्ने गरेका छन्।

तर, रक्षा मन्त्रालयले उदासिनताको कारणले गर्दा एक वर्षअघि श्रीपेच राख्ने बुलेटप्रुफ शोकेस तयारी भइसक्दा पनि श्रीपेच राख्न सकिएको छैन । संग्रहालयले करिब २ करोड रुपैयाँ लागतमा गत चैतमा शोकेस तयारी गरी श्रीपेच राख्ने ठाउँमा सीसीटीभीसहितको सुरक्षाको बन्दोबस्त गर्दा रक्षा मन्त्रालयले श्रीपेच राख्न स्वीकृति दिएको छैन।

नेपाली सेनालाई सोको बारेमा कुनै जानकारी दिएको छैन। संग्राहलय प्रशासनले श्रीपेच राख्न आग्रह गर्दै रक्षा मन्त्रालयका अधिकारी, संस्कृतिमन्त्री र सचिवसम्मलार्इ भेट गरेको थियो ।

किन श्रीपेच नराखिएको हो ? भन्ने विषयमा हामीलार्इ जानकारी छैन,’संग्राहलयका सूचना अधिकृत रोहित ढुंगानाले भन्नुभयो । संग्रहालयले श्रीपेचलगायत पूर्वराजपरिवारका सदस्यले विशेषा कार्यक्रममा प्रयोग गर्ने गहनालगायतका सामग्री राख्ने सम्पूर्ण सोकेस तयार गरिसकेको छ ।

‘ एक वर्षअघि नै सम्पूर्ण तयारी गर्दा पनि जनतालार्इ श्रीपेच देखाउन सकेका छैनौँ, सरकारसँग पटक पटक गुहार माग्दासमेत कुनै निर्णय गरेको छैन, उहाँको भनार्इ थियो ।

नेपाली सेनाका प्रवक्ता जगदीश पोखरेलले सरकारले आदेश दिए सेनाले श्रीपेचलगायतको सामग्रीको सुरक्षा दिन सक्ने बताउँदै भन्नुभयो,’देशकै सुरक्षाामा खटिएको नेपाली सेनाले श्रीपेचको सुरक्षा दिन नसक्ने प्रश्नै आउँदैन ।’ के कारणाले श्रीपेच देखाउन नसिकएको हो भन्नेवारेमा नेपाली सेनालार्इ जानकारी नभएको उहाँको भनार्इ थियो । नेपाल समाचार पत्र दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न