वनकालीमा आशीर्वाद लिन नेताको घुईंचो

७ बैशाख २०७१, आईतवार ०७:१८ मा प्रकाशित

काठमाडौं, ७ वैशाख । पशुपतिको वनकालीमा स्वामी कमलनयनाचार्यले गरेको महायज्ञमा प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताहरु झुम्मिएका छन् । धर्मविरोधी भनिने कम्युनिष्ट नेताहरुसमेत उनको हातबाट आशीर्वाद लिन पुगेका छन् ।

राष्ट्रियताको भावना जगाउन भक्तपुरको छालिङमा मन्दिर बनाउने भन्दै १ बैशाखदेखि वनकालीमा नेपाल माता महिमा राष्ट्रिय महायज्ञ सुरु भएको छ ।
महायज्ञको उद्घाटनका दिन स्वामी नयनाचार्यले प्रधानमन्त्री सुशील कोइराला,पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र माधवकुमार नेपालसम्मका नेताहरुलाई एकै ठाउँमा ल्याएर माटो र पानीको टीका लगाई आशीर्वाद दिए ।

७५ वटै जिल्लाबाट ल्याएको माटो र विभिन्न पबित्र नदीबाट ल्याएको पानीको टीका लगाउँदै स्वामी नयनाचार्यले आर्शीर्वाद दिए, ‘देश तपाईहरुको हो, देशप्रति सधैँ इमानदार हुनुहोस्, कहिल्यै बेइमानी नगर्नुहोस् ।’ उनले नेपालको झन्डा र नक्सा पनि नेताहरुलाई उपहार दिएका थिए । यज्ञको पहिलो दिनमै नेताहरुको भीड लागेको थियो ।

प्रधानमन्त्री सुशील कोइरालाले पानसमा बत्ती बालेर महायज्ञको उद्घाटन गरे भने एमाओवादी अध्यक्ष प्चण्ड, एमाले बरिष्ठ नेता माधवकुमार नठेपाल, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट उद्घाटन समारोहमा उपस्थित भएका थिए ।

महायज्ञको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले करिव एक घण्टा धार्मिक भाषण पनि गरे । उनले धार्मिक कार्यक्रमवाट देशको हित हुने चर्चा गरेका थिए । मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी शुक्रवार महायज्ञमा पुगेर पूजाआजा गरेका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार