पश्चिमा देशहरुसँगको सम्बन्ध राम्रो छ : पुटिन

७ बैशाख २०७१, आईतवार ०६:११ मा प्रकाशित

मस्को, ७ वैशाख । रसियाली राष्ट्रपति भलादिमिर पुटिनले रसिया र पश्चिमा राष्ट्रहरुबीचको सम्बन्धमा कुनैपनि कारणले अवरोध ल्याउन नहुने धारणा राखेका छन् ।

हालैका दिनमा युक्रेनका कारण यी दुई पक्षबीचको सम्बन्धमा अवरोध उत्पन्न आइरहेको बताइएका बेला उनको यस्तो भनाई अएको हो ।

त्यस्तै रसिया र पश्चिमा राष्ट्रहरुका कारण विश्व राजनीति र विश्व सम्बन्ध शीतयुद्धको अवस्थामा पुगेको भन्ने प्रतिक्रिया आइरहेका उनको यो भनाई आएको प्राप्त समाचारमा जनाइएको छ ।

उनले भने, ‘पश्चिमा देशहरुसँगको सम्बन्धमा कुनैपनि नराम्रो अवस्था आएको छैन र आउन दिन पनि हुँदैन ।’

रसियाको राष्ट्रिय टेलिभिजनलाई अन्तरवार्ता दिँदै उनले हाम्रो सम्बन्ध हाम्रा कारणले नभई कामका कारणले स्थापित भएकोले आबका दिनमा पनि अवस्थालाई सामान्यीकरण गरिनुपर्नेमा बताए ।

उनले भने, ‘मलाई लाग्छ रसिया र पश्चिमा देशहरुको सम्बन्धको सामान्यीकरण, सहयोग एवम् समन्वयमा कुनैपनि कुराले असर पार्नेजस्तो देखिँदैन ।’

उनले युक्रेनलाई आगामी महिना नै ग्यास आपूर्तिमा सहज बनाउने बताउँदै तर युक्रेनको अर्थतन्त्रमा गिरावट ल्याउनका लागि रसियाले कुनैपनि भूमिका नखेल्ने पनि स्पष्ट पारे ।

पुटिनको यो अभिव्यक्ति जेनेभामा बसेको रसिया, अमेरिका र युक्रेनबीचको त्रिपक्षीय बैठकपछि आएको हो । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेन युद्धका बीचमा रुस, चीन र उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा सामना गरिरहेको अमेरिकालाई ठूलो झट्का लागेको छ

प्योङयाङ । उत्तर कोरियाली जनताले दक्षिण कोरियाली सिमाना नजिक खसेका ‘अज्ञात वस्तुहरू’ छोएपछि कोभिड १९ महामारी सुरु भएको प्योङयाङका सरकारी

किभ । युक्रेनी सेनाले गत २४ फ्रेब्रअरीमा रुसीले युक्रेनमाथि आक्रमण थालेदेखि १ जुलाई सम्म ३५ हजार ७५० जना रुसी सैनिकको

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा