कंकाली सामुदायिक वनमा आगलागी

६ बैशाख २०७१, शनिबार १४:४४ मा प्रकाशित


चितवन, ६ वैशाख । पूर्वी चितवनको चैनपुरस्थित कंकाली सामुदायिक वन क्षेत्रमा अहिले आगलागी भएको छ ।

आगलागीबाट अहिलेसम्म करिब २०० हेक्टर क्षेत्रफलको वन डढेर सखाप भएको स्थानीय उपभोक्ताले बताएका छन् ।

शुक्रबार रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन सशस्त्र प्रहरी, स्थानीयवासी र उपभोक्ता खटिएका सामुदायिक वनका उपभोक्ता राजन अधिकारीले बताए ।

आगोले वनको ठूलो क्षेत्रफलका बोटबिरुवा नष्ट पारेकोे र आगो लाग्ने क्रम भने जारी रहेको वनका अध्यक्ष राममणि न्यौपानेले जानकारी दिए ।

सशस्त्र प्रहरी बल भोटिया बेस क्याम चैनपुरका प्रहरी नायब निरीक्षक राजकुमार तामाङको नेतृत्वमा २५ जना सशस्त्र प्रहरीलगायत करिब ४०० स्थानीय उपभोक्ताले आज (शनिबार) बिहान ४ बजेबाट आगो नियन्त्रणको प्रयास जारी राखेको न्यौपानेले बताए ।

बस्तीबाट ८०० मिटर टाढाको सो वनमा काठ तस्करी वा चोरी सिकारीका क्रममा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा