काँग्रेस प्रधानमन्त्री भट्टराईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा

२१ बैशाख २०६९, बिहीबार १८:३८ मा प्रकाशित

काठमाडौं, २१ वैशाख । काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री बाबुराम भट्टराई राजीनामा दिन सहमत नभएप्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने संकेत दिएका छन् ।  मधेसी मोर्चा सहितको प्रमुख तीन दलका शीर्ष नेताहरु सिंहदरबारमा बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुनु अघि पौडेलले सञ्चारकर्मीहरुसँग भने, ‘आज हुने सहमति चित्त बुझेन भने प्रधानमन्त्रीको बारेमा बेग्लै ढंगले निर्णय गर्नेछौँ।’ पौडेलले संविधान लेखनका कामहरु भने शनिबारदेखि अघि बढाइने बताए। दलहरु विच कसरी अगाडि बढाउनु हुन्छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘भोलिदेखि सहमति हुनसक्ने विषयमा हुन नसक्ने विषयमा भोटिङ गर्छौँ।’

काँग्रेस संसदीय दलका नेता पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, कङ्ग्रेस महामन्त्री कृष्ण सिटौला र मधेसी मोर्चाबाट विजयकुमार गच्छदार सम्मिलित टोलीले सहमतिको मस्यौदा बनाउँदै गरेको जानकारी पनि दिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस