दरखास्त आह्वान गर्दा पनि जनशक्ति पाईएन

६ बैशाख २०७१, शनिबार ०८:१५ मा प्रकाशित

काठमाडौं, ६ वैशाख । कतै जागिर पाउन मरिहत्ते गर्नुपरेका छ, भने कतै पटकपटक दरखास्त आह्वान गर्दा पनि जनशक्ति पाइएका छैनन् । मुलुकमा जागिर नपाएर डिग्री पास गरेकाले श्रेणीबिहीन पद (पियन) मा अन्तर्वार्ता दिइरहेका बेला कतै भने वरिष्ठ पदमा समेत दक्ष जनशक्ति नहुँदा दरबन्दी खारेज भएको छ ।

कृषि अनुसन्धानको काम गर्दै आएको नेपाल राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले खुलाएको विभिन्न विभागीय पदमा मागअनुरुप आवेदन नपर्दा दरबन्दीहरु नै खारेज भएका हुन् । कृषि क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव हुँदा नार्कका विभन्नि मुख्य पदमा दरबन्दी रिक्त भई खारेज भएको छ ।

नार्कले नयाँ भर्ना खुलाए पनि मागअनुरुप आवेदन नपर्दा दरबन्दी नै खारेज भएका हुन् । मुलुक कृषिप्रधान देश भए पनि कृषि क्षेत्रमा अध्ययन गर्ने जनशक्ति कम हुँदा बर्सेनि खुलाइने दरबन्दी त्यसै खाली हुने गरेका छन् । नार्कले वरिष्ठ प्रशासकीय अधिकृत वसन्तकुमार पाण्डे माटो विज्ञान, प्लान्ट प्याथोलोजी, पशु विज्ञान र भेटेनरीमा नयाँ आवेदन खुलाए पनि आवेदन नपर्दा दरबन्दी नै खारेज भएको जानकारी दिए । राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार